धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्।
असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा किसानले अन्नबाली लगाउन नपाएका हुन्।बारीमा बोकेको मलसमेत सुक्न थालेपछी किसान थप चिन्तित बनेका छन्।पाख्रिबास नगरपालिका–५ भैसेका किसानले प्रत्येक वर्ष मकै, कोदो तथा अन्य नगदेबाली लगाउने गरेका छन्।
सामान्यतया यस समयमा मकै गोडमेल गर्ने बेला हुने भए पनि यस वर्ष खडेरीका कारण अधिकांश बारी खाली रहेको स्थानीय बताउँछन्।स्थानीय किसान सन्तोष भुजेलले फागुनको अन्तिम सातातिर परेको सामान्य वर्षापछि बारीमा मल बोकेको भए पनि त्यसयता पानी नपरेकाले खेती गर्न नसकिएको बताए।
“करिब तीन महिना हुन लाग्यो पानी परेको छैन। खेतीपाती गर्ने जग्गा बाँझै छन्,” उहाँले भन्नुभयो।उहाँका अनुसार यस समयमा चारैतिर हरियाली देखिनुपर्ने भए पनि बारीहरू सुख्खा छन्। बाली लगाउन नपाउँदा पशुचौपायाका लागि आवश्यक घाँसको समेत अभाव हुन थालेको उहाँको भनाइ छ।स्थानीय गङ्गामाया भुजेलले आर्थिक अवस्था कमजोर भएकाले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ जान नसकेको बताइन् ।
पर्याप्त वर्षा नहुँदा वर्षेनी खेतीपातीमा समस्या भोग्नुपरेको उनले गुनासो गरिन्।“सात रोपनीभन्दा बढी क्षेत्रमा मकै लगाउने गर्थे। बारीमा मल बोकेको तीन महिना हुन लाग्यो, अझै पानी आएको छैन।
के गर्ने, के खाने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता छ,” उनले भनिन्।दियालेकी टङ्कमाया निरौलाले समयमै जोतखन गरे पनि सिँचाइको अभावमा मकै तथा तरकारी खेती गर्न नपाएको बताइन्।
खडेरीका कारण दैनिक उपभोगका लागि आवश्यक सागसब्जी उत्पादनसमेत प्रभावित भएको उनको भनाइ छ।स्थानीयवासीले नजिकै बग्ने अरुण नदीबाट लिफ्टिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्न सके कृषिमा ठूलो राहत पुग्ने बताएका छन्।
लामो खडेरीका कारण जिल्लाका तल्लो भूभागका अधिकांश खेतीयोग्य जमिन असारको पहिलो सातासम्म पनि बाँझै रहेका छन्।
समयमै वर्षा नहुँदा किसान चिन्तित बनेका छन् भने कृषि उत्पादनमा समेत असर पर्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १२:३९
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...
आषाढ़ ५ गते, २०८३ - १२:३०
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् । सभाको आजको बैठक...
आषाढ़ ५ गते, २०८३ - १२:२३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...
आषाढ़ ५ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...
आषाढ़ ५ गते, २०८३ - ११:३३
काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...
आषाढ़ ५ गते, २०८३ - ११:१४
धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...
आषाढ़ ५ गते, २०८३ - १०:५२
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...
आषाढ़ ५ गते, २०८३ - १०:३७
काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...
आषाढ़ ५ गते, २०८३ - १०:२५
इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...
आषाढ़ ५ गते, २०८३ - १०:१५
हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...



प्रतिकृया लेख्नुहोस्: