Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

के हो अमेरिका र चीनबीचको चिप युद्ध ?

चीनको प्रगतिलाई धराशायी पार्न अमेरिकाले प्रयास तीव्र

खबरडबली संवाददाता

काठमाडौं । स्मार्टफोनदेखि सैन्य अस्त्रको निर्माणमा समेत अत्यधिक महत्त्व बोकेको सेमिकन्डक्टर उद्योगमा चीनको प्रगतिलाई धराशायी पार्न अमेरिकाले प्रयास तीव्र पारेको छ।

अक्टोबरमा वाशिङ्टनले उसका निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गर्‍यो। जहाँसुकै बनेको भए पनि अमेरिकी औजार वा सफ्टवेअर प्रयोग गरेर बनाइएका चिपलाई चीन निर्यात गर्नका निम्ति कम्पनीहरूले अनुमति लिनुपर्ने नियम लागु गरियो।

साथै उसका नियमले आइन्दा अमेरिकी नागरिक वा त्यहाँ स्थायी बसोबासको अनुमति ग्रीनकार्ड प्राप्त व्यक्तिहरूलाई चिनियाँ चिप कम्पनीहरूमा काम गर्न अनुमति दिँदैन।

किन यसो गर्दैछ अमेरिका

अत्याधुनिक चिपहरूलाई सुपरकम्प्युटर, कृत्रिम बौद्धिकता (आर्टिफिशल इन्टेलिजन्स) तथा सैन्य सामग्रीहरूको क्षमता बढाउन प्रयोग गरिन्छ।

त्यस्ता प्रविधिमा चीनको बढ्दो पहुँच र प्रयोगले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने अमेरिकाले बताएको छ।

अमेरिकी वाणिज्य मन्त्रालयका अधिकारी एलन एस्टभेजले नयाँ नियमहरू घोषणा गर्दै अमेरिकाले ‘सैन्य प्रयोगमा आउन सक्ने संवेदनशील प्रविधिहरूमा’ चीनको पहुँच रोक्न यथासम्भव उपाय गर्ने बताएका छन्।

“जोखिमको वातावरण हरदम परिवर्तन भइरहन्छ। त्यसै अनुसार हामीले चुनौती सामना गर्न सक्नेगरी नीतिहरू अद्यावधिक गरेका छौँ,” उनले भने।

के भन्छ चीन ?

अमेरिकाको पछिल्लो निर्णयहरूलाई चीनले ‘प्रविधिमा आतङ्कवाद’को सङ्ज्ञा दिएको छ। 

ताइवान, सिङ्गापुर र दक्षिण कोरियाजस्ता चिप उत्पादनमा अगुवा एशियाली देशहरूले चीन र अमेरिकाबीचको तिक्ततापूर्ण सङ्घर्षले विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भइरहेको बताएका छन्।

चिप सङ्घर्षका सन्दर्भमा गत साता तीनवटा महत्त्वपूर्ण घटनाक्रम विकसित भएका छन्।

बाइडन प्रशासनले एक प्रमुख चिप निर्माता वाईएमटीसीसहित थप ३६ वटा चिनियाँ कम्पनीलाई उसको ‘एन्टिटी सूची’मा राखिदियो।

यसको अर्थ अमेरिकी कम्पनीहरूले ती चिनियाँ कम्पनीलाई निश्चित प्रविधि बेच्न सरकारको अनुमति लिनुपर्छ। त्यस्तो अनुमति लिन कठिन हुन्छ।

अमेरिकी नियमहरूका असर व्यापक हुनेछन्। गत साता यूकेस्थित कम्प्युटर चिप डिजाइनर कम्पनी आर्मले उसका अत्याधुनिक डिजाइन अब अलिबाबालगायतका चिनियाँ कम्पनीहरूलाई नबेच्ने बतायो।

चीनको गुनासो

सेमिकन्डक्टर तथा सम्बन्धित अन्य प्रविधिमा निर्यात नियन्त्रण गरेको बारे चीनले अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा उजुरी गरेको छ।

सन् २०२१ मा जो बाइडन राष्ट्रपति भएयता चीनले अमेरिकाविरुद्ध डब्ल्यूटीओमा गरेको यो नै पहिलो उजुरी हो।

उक्त उजुरीमा “विज्ञान, प्रविधि, इन्जिनियरिङ अनि उत्पादन क्षेत्रमा आफ्नो प्रभुत्व” बनाइराख्न अमेरिकाले निर्यात नियन्त्रणको दुरुपयोग गरेको चीनले आरोप लगाएको छ।

ती कदमले विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता खलबलिने चीनले चेतावनी दिएको छ।

त्यसको प्रतिक्रियामा अमेरिकाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयको समाधान गर्ने उपयुक्त थलो डब्ल्यूटीओ नभएको जनाएको छ।

यो महिनाको सुरुमा डब्ल्यूटीओ ले राष्ट्रपति डोनल्ड ट्रम्पको पालामा अमेरिकाले स्टील तथा एल्यमिनिअममा लगाएको करले विश्वव्यापी व्यापार नियम उल्लङ्घन भएको निर्णय गरेको थियो।

तर अमेरिकाले उक्त निर्णय अमान्य भन्दै आफू पछि नहट्ने बताएको छ।

कुराकानी

चिनियाँ बजारमा अत्याधुनिक वस्तु विक्री रोक्न जापान तथा नेदरल्यान्ड्सले पनि निर्यात नियन्त्रण गर्न सक्ने बताइएको छ।

सोमवार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिप बनाउने औजारका दुई प्रमुख आपूर्तिकर्तासँग पनि अमेरिकाले जस्तै निर्यात नियन्त्रण गर्ने विषयमा कुराकानी गरे।

कुराकानीपश्चात् सुलिभानले सन्तोष प्रकट गरेका थिए।

चिप

तर जापान र नेदरल्यान्ड्सले अमेरिकी सल्लाह मानेको खण्डमा ती देशका कम्पनीहरूले तिनका अत्याधुनिक मशीन खरिद गर्ने विशाल क्रेता गुमाउनेछन्।

अब के हुन्छ ?

नयाँ सामग्रीको उत्पादन गर्दा अझ परिष्कृत चिप उत्पादन गर्ने दबाव चिप निर्माताहरूमाथि परिरहेको छ।

उदाहरणका लागि - एपल कम्पनीको नयाँ ल्यापटपमा ताइवानको अगुवा कम्पनी ताइवान सेमिकन्डक्टर म्यानूफ्याक्चरिङ कम्पनीद्वारा निर्मित जम्मा तीन नानोमिटर आकारको चिप जडान गरिएको छ। 

त्यसको आकार बुझ्न हामी मानिसको केशसँग तुलना गरिहेरौँ - एउटा केश ५० हजार देखि १ लाख नानोमिटर मोटो हुन्छ।

विश्लेषकहरूका अनुसार अमेरिकी नियन्त्रणहरूले चीनलाई चिप निर्माणको क्षेत्रमा अरूभन्दा पछि पारिदिन सक्छ। बेइजिङले आफूले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिँदै त्यस क्षेत्रमा महाशक्ति बन्न चाहेको बताएको छ।

तर अमेरिकाले चीनको चिप उद्योगलाई अझ एक्ल्याइदिएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending