Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्छ –उपराष्ट्रपति

खबरडबली संवाददाता
काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसीहितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताएको छन् । 
शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिए । 
 
उनले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै  सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “नेपालमा विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ, काभ्रे जिल्लामा स्थानीय निकायबाट जग्गा उपलब्ध गराउने प्रक्रिया भई नै सकेको छ, र शिक्षा मन्त्रालयमा यो विषय पुगेको छ, यो विषय मन्त्रिपरिषद्बाट स्वीकृतिमा ढिलाइ भएको खण्डमा मैले आफ्नो ठाउँबाट गर्ने सहयोग गर्नेछु ।”
 
मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित थिए । उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पछिडिएको तप्कालाई पु¥याउनुभएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गरे । 
 
उनले भने, “मालवीय संस्थापक रहेको बनारस हिन्दू विश्वविद्यालयको स्थापनाले भारतीय जनताको चेतना वृद्धिमा मात्रै योगदान पुगेको नभई विश्वकै ज्ञानका आकाङ्क्षी ज्ञान र विविध विधामा शिक्षा प्राप्त गरी व्यक्तिगत रूपमा सक्षम हुँदै राष्ट्र र समाजका लागि केही गर्ने शुभअवसर पाएको कुरालाई हामीले बिर्सनु हुँदैन ।”
 
बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताए । उनले नेपालको सर्वाङ्गीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्षरूपमा पु¥याएको योगदानको प्रशंसा गरे।    
 
महामना मालवीय मिसन–नेपालका अध्यक्ष जीएम सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गरे। कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending