Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

निर्वतमान श्रममन्त्रीको दाबी: सेवा प्रवाहमा पारदर्शीता र सुशासनमा फड्को

खबरडबली संवाददाता
काठमाडौ ।निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफूले छोटो समयमा श्रमजीवी वर्गका पक्षमा काम गरेको दाबी गरेको छन् । 
 
मन्त्रालयमा आज आयोजित विदाइ कार्यक्रममा उनले सम्पूर्ण कर्मचारी वर्गलाई एक बनाएर आफूले छोटो अवधिमा परिणामुखी काम गर्न सफल भएको दाबी गरे। 
 
आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन, सामाजिक सुरक्षाको दायरा बिस्तार, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत विविध कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी बेरोजगारी समस्या समाधान खोज्न आफ्नो ध्यान केन्द्रित भएको बताए । निवर्तमान मन्त्री कुँवरले गत असार १३ मा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो । 
 
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो छ महिनाको कार्य प्रगतिमा स्वदेशमा रोजगारी सिर्जना, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, व्यावसायिक सीप विकास तथा तालिम विस्तार र सेवा प्रवाहमा फड्को मारेको दाबी गरिएको छ । 
 
श्रम बजारमा प्रवेश गर्ने सम्पूर्ण जनशक्तिलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने उद्देश्यले उनीहरुको क्षमता विकास गरी व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । 
 
बेलायतमा नेपाली स्वास्थ्य श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउन गत भदौ ६ मा नेपाल र बेलायतबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको, रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले त्यहाँबाट रोजगार सम्झौता प्राप्त गरेपछि प्रवेशाज्ञा लिन भारत जानुपर्ने अवस्थालाई अन्त्यगरी अस्थायीरुपमा काठमाडौँमा रोमानियन मिसन स्थापना गरी सरलीकरण गरिएको उनले बताए। 
 
वैदेशिक रोजगारीसम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिएको, श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतिको कामलाई पूर्णरुपमा अनलाइन प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले जनाएको छ । यसबाट श्रम स्वीकृतिका लागि लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। 
 
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य अगाडि बढिरहेको प्रगति विवरणमा उल्लेख छ । 
 
अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कार्यविधि संशोधन गरी उनीहरुलाई सो प्रक्रियामा सहभागी गराइएको मन्त्रालयले जनाएको छ । 
 
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ‘मार्सल टिम’ तथा ‘शीघ्र प्रत्युत्तर टोली’ गठन तथा २४ घण्टा गुनासो सुन्ने गरी मन्त्रालयमा श्रम कल सेन्टर स्थापना गरिएको उहाँले बताए । 
 
मन्त्री कुँवरले आफूले छ महिनाका अवधिमा गरेका सुधारका प्रयासबाट मुलुकको समग्र रोजगारीमा सुधार आउने, वैदेशिक रोजगारको व्यवस्थापनमा सुधार, असल श्रम सम्बन्धको विकास, युवाले व्यावसायिक सीप तथा तालिमको विकास हुने दाबी गरे। 
 
सबै श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउने, मन्त्रालय मातहतका निकायले प्रदान गर्ने सेवा प्रवाह सरलता, सहजता, पारदर्शीतासँगै सुशासन प्रवर्द्धन हुने उनको विश्वास छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending