काठमाडौ । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो ।
यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ”, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।”
यसरी मूल्यमा उतारचढाव देखिनुले यो क्षेत्र अझै पनि व्यावसायिक र प्रतिस्पर्धात्मक हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । खासगरी धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था आएको हुनसक्ने डा श्रेष्ठको भनाइ छ ।
घरजग्गा कारोबारमा मालपोत कार्यालयले कारोबार कर र पूँजीगत लाभकर लिँदै आएको छ । धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढी हुन आउने र बिक्रेताले तिर्नुपर्ने ूुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने चलन छ । तर बैंकबाट ऋण लिन चाहने वा बैंकको ऋणमै जग्गा किन्नेले भने धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको पाइएको छ । यसले प्राप्त तथ्याङ्कको विश्वसनीयता घटाएको राष्ट्र बैंकको निष्कर्ष छ ।
यसअघि राष्ट्र बैंकले बढी घरजग्गाको कारोबार हुने देशका २० वटा सहरलाई बजार केन्द्र बनाएर सर्वेक्षण सुरु गरेको थियो । सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको थियो ।
अहिले विश्वका ६० भन्दा धेरै मुलुकले घरजग्गा कारोबारको नियमित सर्वेक्षण गर्दै आएका छन् । दक्षिण एशियाली मुलुक भारत, श्रीलङका्देखि संयुक्त राज्य अमेरिका, टर्की, इन्डोनेसिया, ओमनलगायत देशमा केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १४:१९
लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...
आषाढ़ ७ गते, २०८३ - १४:१०
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...
आषाढ़ ७ गते, २०८३ - १३:४५
बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्...
आषाढ़ ७ गते, २०८३ - १३:३८
चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...
आषाढ़ ७ गते, २०८३ - १३:२४
चितवन। गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेको छन्। आइतबार भरतप...
आषाढ़ ७ गते, २०८३ - १३:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन आजदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति च...
आषाढ़ ७ गते, २०८३ - १३:१०
बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म...
आषाढ़ ७ गते, २०८३ - १२:५९
सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबा...
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...
आषाढ़ ७ गते, २०८३ - ११:४८
वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...



प्रतिकृया लेख्नुहोस्: