पौष १६ गते, २०७९ शनिवार 31st December, 2022 Sat०८:४५:५४ मा प्रकाशित
खबरडबली संवाददाता
महेन्द्रनगर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पताल घोषणा गर्दा समस्या भएको हो । सरकारले महाकाली अस्पताललाई कोभिड अस्पतालको रुपमा नलिएपछि कोरोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप नभएको हो । “सरकारले एकातर्फ कोभिड अस्पताल घोषणा गरेन, अर्को कोरोना सङ्क्रमणका बेला भर्ना भएका कर्मचारीको करार सेवा थप गरेन यसले जनशक्ति अभाव भयो”, उहाँले भन्नुभयो, “बजेट अभाव हुँदा ल्याबका लागि आवश्यक अन्य सामग्रीसमेत अभाव छन जसले गर्दा सेवा बन्द हुन पुग्यो ।” छिमेकी मुलुकमा कोरोनाका नयाँ भेरियन्ट देखिँदा थालेपछि त्यसको जोखिम यहाँ पनि कायम रहेका बेला कोरोना परीक्षण गर्ने मेसिन नै बन्द हुन पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले पनि छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले यहाँ पनि जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सबै निकायले आवश्यक तयारी गर्ने निर्णय गरेको बताउनुभयो । “भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै अक्सिजन, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थापनलगायतका पूर्वतयारी गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “सीमानाका व्यवस्थित गर्ने र सावधानीका उपाय अपनाउने विषयमा छलफल भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेको नाकामै एन्टिजेन परीक्षण भइरहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले नाकामा भारतबाट फर्किनेमा दिनहुँ एन्टिजेन परीक्षण भइरहेको बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेक...
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...
प्रतिकृया लेख्नुहोस्: