Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नारायणकाजीको एक्सन : १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । 

उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने भएका हुन् । मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । 

सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताए ।

सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए । 

यस्तै श्रेष्ठले गुनासो सुन्न महिनाको एक दिन समय छुट्ट्याइएको जानकारी दिँदै त्यसमा आफू सहभागी भएर सबै समस्याहरुको सभाधान खोज्न पहल गर्ने बताए  । 

यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफूले पाएको मन्त्रालयको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘इन्डो प्यासिफिक’ प्राथमिकताको मुद्दा बन्ला ?

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...

खडेरीले भएन चैतेधान रोपाइँ

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा किन हुँदैछन् भेला ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...

नेकपा एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...

एमाले पश्चिम नवलपरासीको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...

उपनिर्वाचनमा जमानत जफत भएपछि समीक्षा गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...

कोशीमा कोर्स करेक्सन गर्नेबारे ओली र शेखरबीच नयाँ समझदारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies