सिड्नी। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रबाह गर्ने निकायले करिब ५०० मानिस बसोबास गर्ने सानो सहर मेनिन्डीबाट अहिले दैनिक ७५ हजार मेगालिटर बाढीको पानी नदीमा पम्प गरेर फ्याँकिराखिएको जनाएको छ ।
उक्त निकायले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो ३० हजार ओलिम्पिक पुल बराबर हो र यसको पानीले छ दिनमा सिड्नी हार्बर भरिन सक्छ ।”
सहरको नजिकै रहेको डार्लिङ्ग नदीको उचाइ १०.२० मिटरको नजिक स्थिर छ, स्थानीइ मौसम विभाग कार्यालयले भनेको छ ।
बिहीबारबाट डार्लिङ् नदीको सतह करिब १०.७० मिटरसम्म बढ्ने सम्भावना देखिएको छ र यसले सन् १९७६ को १०.४७ मिटरको यहाँको बाढीको रेकर्डलाई पार गर्नेछ ।
“मेनिन्डीको अवस्थालाई मौसम विभागले नजिकबाट नियालिरहेको छ, जसले जनवरीको मध्यसम्म नदीको सतह प्रमुख (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको बताएको छ,” न्यू साउथ वेल्स राज्यको आपतकालीन सेवाका सहायक आयुक्त डीन स्टोरीले भने ।
मेनिन्डी समुदायका १० वटा भवन खाली गरिएको छ भने अन्य २० जना घरपरिवार पनि सुरक्षित स्थानमा आश्रय लिएका छन् ।
विभागले डार्लिंग नदीका लागि मध्यमदेखि ठूलो बाढीको चेतावनी जारी गर्दै जनवरीको मध्यसम्म मेनिन्डीमा नदीको सतह ठूलो बाढीको तह (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरेको छ । मेनिन्डीको तालमा यो साता पानीको बहाव अझै बढ्न सक्ने विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: