काठमाडौँ। विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ ।
यसले बजारमा प्रचलनमा रहेका नोट कमी हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ मङ्सिर मसान्तसम्ममा बजारमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । २०७८ मङ्सिरमा ६ खर्ब ५४ अर्बको नोट चलनचल्तीमा रहेकोमा १ वर्षमा ३८ अर्ब रुपैयाँले कमी आएको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८-७९ को शुरूका ५ महीनामा प्रतिमहीना औसत ६ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको नोट प्रचलनमा रहेकोमा चालू आव २०७९र८० को मङ्सिरसम्ममा प्रतिमहीना औसत नोटको प्रचलन ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । २०७९ कात्तिकको तुलनामा पनि मङ्सिरमा चलनचल्तीमा रहेको नोट १५ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा बजारमा ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो ।
राष्ट्र बैंकको मासिक वित्तीय विवरणअनुसार प्रत्येक महीना अघिल्लो वर्षको भन्दा चलनचल्तीमा रहेका नोटको संख्या घटेको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्वका कारण असोजमा नोटको चलनचल्ती बढेको देखिए पनि त्यसपछिका महीनामा घट्दै गएको देखिन्छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ र खुद्रा नोट बजारमा पठाउने गरेको छ । चाडपर्वमा बढी खर्च हुने भएकाले पनि नोटको प्रचलन बढी हुने गर्छ । यस वर्ष पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट सटही गरेको थियो ।
त्यसबाहेक ३५ अर्ब बजारमा नोट वृद्धि भएको थियो । कात्तिकपछि भने चलनचल्तीमा रहेका नोट बैंकिङ प्रणालीमा फिर्ता हुन थालेको छ । यस वर्ष कात्तिक र मङ्सिरमा गरी चलनचल्तीमा रहेका नोटमा ३३ अर्बले कमी आइसकेको छ । यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: