एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेदवारका रुपमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल वा राष्ट्रियसभाका पूर्व सदस्य गोमा देवकोटालाई बनाउन छलफल थाले पछी नेम्वाङले आफुले राष्ट्रपतिको दाबीबाट पछि नहट्ने बताएका हुन् ।
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेदवारका रुपमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल वा राष्ट्रियसभाका पूर्व सदस्य गोमा देवकोटालाई बनाउन छलफल थाले पछी नेम्वाङले आफुले राष्ट्रपतिको दाबीबाट पछि नहट्ने बताएका हुन् ।
सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने नेम्वाङको भनाइ छ । एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि पार्टी नेतृत्वले अरू विकल्प खोज्न थाले पछि उनले आफु राष्ट्रपति हुन पर्ने उनकाे जीकीर छ ।
नेम्वाङलाई फेरि सभामुख नै बनाउने वा सरकारमा पठाउने विषयमा एमालेमा छलफल सुरु भएपछि उनले त्यसप्रति असहमति पनि जनाएका छन् । उनले आफु पाँच पटक सभामुख भइसकेको र त्यो पनि संविधानसभा अध्यक्षको समेत जिम्मेवारी सर्वसम्मत रूपमा दुई पटक लिएर यहाँ सम्म आइसको कारण अब फेरि सभामुख पनि न हुने र सरकारमा पनि नजाने उनको भनाइ छ ।
उनले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिँदा स्वभाविक हुनुपर्ने बताएँदै व्यक्तिलाई जिम्मेवारी दिने कुरामा अहिले पञ्चायतको जति पनि स्ट्याण्डर कायम गर्न पनि नसकेको उनकाे गुनासो छ।
प्रतिकृया लेख्नुहोस्: