साँफेबगर। अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं। ४ मा रहेको उक्त सहकारीले जिल्लामै नमुना सहकारीका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरी उत्साहजनक नतिजा हासिल गरेको हो।
सहकारीले उत्पादन गरेको ताजा हरियो मकैको स्थानीय बजारमा अत्यधिक माग रहेको छ। मकै उत्पादन सुरु भएसँगै ग्राहकहरू प्रत्यक्ष रूपमा खेतमै पुगेर खरिद गर्ने गरेका छन्। सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपियाँ बराबरको मकै बिक्री भइसकेको छ भने बिक्री प्रक्रिया अझै जारी छ।
सहकारीका अध्यक्ष सुरत भुलले कृषि उत्पादन वृद्धि गर्नुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक मकै खेती सुरु गरिएको बताए। उनले सहकारीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
“कृषिलाई आयआर्जनको मुख्य आधार बनाउने लक्ष्यसहित सहकारीले विभिन्न उत्पादनमूलक गतिविधि अघि बढाएको छ,” अध्यक्ष भुलले भने, “मकै खेतीबाट प्राप्त उत्साहजनक नतिजाले आगामी दिनमा अझ ठुलो क्षेत्रफलमा खेती विस्तार गर्न प्रेरणा दिएको छ।”
सहकारीकी प्रबन्ध निर्देशक महेश्वरी बुढाथापाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताजा तथा गुणस्तरीय मकै उपभोक्तासम्म सुलभ मूल्यमा पुर्याइएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको उपयोगले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएकाले स्वदेशी उत्पादनप्रति विश्वास बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
मकै खेतीसँगै सहकारीले तरकारी खेती तथा भैंसीपालन व्यवसायसमेत सञ्चालन गर्दै आएको छ। बहुआयामिक कृषि तथा पशुपालन गतिविधिका कारण सहकारीले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
स्थानीय उत्पादनप्रति उपभोक्ताको बढ्दो आकर्षण र सहकारीको सक्रियताले आसपासका किसानलाई समेत व्यावसायिक कृषितर्फ प्रेरित गरेको छ। कृषि क्षेत्रमा नवीन अभ्यास र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी अहिले अछाम जिल्लामै नमुना सहकारीका रूपमा परिचित बन्दै गएको छ।
सहकारीले आगामी वर्षहरूमा खेतीयोग्य क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्ने तथा स्थानीय बजारसँगै बाह्य बजारसम्म कृषि उपज पुर्याउने योजना बनाएको जनाएको छ। कृषि, पशुपालन र सहकारी अभियानलाई एकीकृत रूपमा अगाडि बढाउँदै आएको संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...



प्रतिकृया लेख्नुहोस्: