काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन। जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन।
स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन्। यतिबेला जसपामा पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ । तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन्। दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने छैन।
जसपामा यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठुलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन्। यी दुवै पार्टीबीच एकता भए प्रतिनिधिसभामा सदस्य संख्या २२ पुग्छ। प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। अहिले प्रतिनिधिसभामा २० सांसदसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल छ।
यादव निकट एक नेता भन्छन्, ‘उहाँ (यादव) को भित्री चाहना एकीकृत पार्टीमा माधव नेपाल ९नेकपा एसका अध्यक्ष० लाई संघीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ। त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिनेछन्। जस्तो रामचन्द्र झाले एमालेमा फर्कनुभन्दा जसपासँग मिल्न सजिलो ठान्नेछन्।’
रौतहटमा क्रियाशील नेकपा एसका कार्यकर्ताले एमालेसँग भन्दा जसपासँग एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट भएका छन्। अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने बुझाइ उनीहरूको छ।
‘जसपाभित्र पहाडी समुदायको ठूलो पंक्ति छ। कुनै पनि बेला यो पंक्ति पार्टीबाट अलग हुनसक्छ भन्ने चिन्ता यादवलाई छ। यस्तो हुन नदिन पनि यादव नेकपा एससँग एकीकरण गर्न खोज्दैछन्,’ स्रोतले भन्यो, ‘एकीकरणको प्रक्रिया अघि बढ्नेबित्तिकै जसपाभित्रको असन्तुष्टि पनि स्वतः हराउनेछ, पार्टी पनि ठुलो हुनेछ।’
यसैकारण यादवले नेकपा एससँग पार्टी एकीकरण गर्न पहाडीमूलका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ताटोली गठन गरेका छन्। श्रेष्ठ एमाले छाडेर जसपामा पसेका हुन। उनले एमालेमा रहँदा माधव नेपालसँग काम गरिसकेका छन्। त्यसैले श्रेष्ठलाई वार्ताटोलीको संयोजक बनाइएको हो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: