Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव

खबरडबली संवाददाता

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन। जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन।  

स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन्। यतिबेला जसपामा  पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ । तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन्। दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने छैन।  

जसपामा यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठुलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन्। यी दुवै पार्टीबीच एकता भए प्रतिनिधिसभामा सदस्य संख्या २२ पुग्छ। प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। अहिले प्रतिनिधिसभामा २० सांसदसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल छ।

यादव निकट एक नेता भन्छन्, ‘उहाँ (यादव) को भित्री चाहना एकीकृत पार्टीमा माधव नेपाल ९नेकपा एसका अध्यक्ष० लाई संघीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ। त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिनेछन्। जस्तो रामचन्द्र झाले एमालेमा फर्कनुभन्दा जसपासँग मिल्न सजिलो ठान्नेछन्।’ 

रौतहटमा क्रियाशील नेकपा एसका कार्यकर्ताले एमालेसँग भन्दा जसपासँग एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट भएका छन्। अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने बुझाइ उनीहरूको छ। 

‘जसपाभित्र पहाडी समुदायको ठूलो पंक्ति छ। कुनै पनि बेला यो पंक्ति पार्टीबाट अलग हुनसक्छ भन्ने चिन्ता यादवलाई छ। यस्तो हुन नदिन पनि यादव नेकपा एससँग एकीकरण गर्न खोज्दैछन्,’ स्रोतले भन्यो, ‘एकीकरणको प्रक्रिया अघि बढ्नेबित्तिकै जसपाभित्रको असन्तुष्टि पनि स्वतः हराउनेछ, पार्टी पनि ठुलो हुनेछ।’

यसैकारण यादवले नेकपा एससँग पार्टी एकीकरण गर्न पहाडीमूलका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ताटोली गठन गरेका छन्। श्रेष्ठ एमाले छाडेर जसपामा पसेका हुन। उनले एमालेमा रहँदा माधव नेपालसँग काम गरिसकेका छन्। त्यसैले श्रेष्ठलाई वार्ताटोलीको संयोजक बनाइएको हो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending