Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

प्रतिपक्षमा बस्ने निर्णय गर्नुअघि कांग्रेसले प्रचण्डको संकेत कुरेको हो ?

रामचन्द्र पौडेल भन्छन् : राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौँ

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसका कतिपय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना प्रधानमन्त्रीको प्रयासमा निर्भर रहेको बताएका छन्।

उनीहरूका भनाईमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्ने सम्भावना धेरै छ।

तर उक्त दलले प्रचण्डले राष्ट्रिय सहमतिका लागि खेल्ने भूमिकालाई ध्यान दिएर आगामी पुस २६ गते प्रतिनिधिसभामा उनलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गर्नेछ।

माओवादी केन्द्रका महासचिवले बीबीसीसँग कुरा गर्दै दुई वा दुई भन्दा बढी दल मिलेर संविधानको धारा ७६ (२) बमोजिम अहिलेको सरकार बनेको भन्दै विश्वासको मत दिने प्रक्रिया संसद्‌बाट निष्कर्षमा पुगेपछि मात्रै अन्य विषयमा छलफल हुनसक्ने बताए।

कांग्रेस नेताहरू के भन्छन्?

संसद्को तेस्रो दलका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभाको दोस्रो दल नेकपा एमाले सहित अन्य ६ वटा दल र तीन स्वतन्त्र सांसद गरी १६९ जना सांसद्को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

उनले मङ्गलवार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ। त्यसअघि सत्ता गठबन्धन र कांग्रेस दुवैतर्फका नेताहरूले अलग अलग रूपमा राजनीतिक छलफलहरू जारी राखेका छन्।

कांग्रेसका एक जना वरिष्ठ नेता रामचन्द्र पौडेलले बीबीसीसँग आफू राष्ट्रिय सहमतिको सरकारको पक्षमा भएको बताउँदै त्यसबारे भइरहेका छलफलले कुनै आकार भने ग्रहण गरिनसकेको बताए।

उनले भने, "मैले राष्ट्रको परिस्थितिलाई आत्मसाथ गरेर यो देशको भलोका लागि राष्ट्रिय सहमतिबाट जानुभन्दा अर्को विकल्प हुँदैन भनेर मलाई लागेर आफ्नो कुरा सार्वजनिक गरिदिएको हुँ।"

आफूले व्यक्तिगत स्वार्थ नराखेको भन्दै उनले थपे, "यसलाई ग्रहण गर्ने वा नगर्ने नेताहरूको इच्छा हो।"

शनिवार कांग्रेसको संसदीय दलको बैठक बसेको भएपनि उसले प्रतिपक्षमा बस्ने स्पष्ट उल्लेख गरेर निर्णय गरेको छैन।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनसक्छ भनेर सोधिएको प्रश्नमा पौडेलले थपे, "अहिले म भन्न सक्दिनँ। प्रचण्डको पार्टी र कांग्रेसबीचको सम्बन्ध, उहाँ र हाम्रो पार्टीको सभापतिको कुराकानी र हाम्रो पार्टीको संसदीय दलको दृष्टिकोण सबै मिल्नुपर्छ।"

उनले राष्ट्रिय सहमतिको सरकारको आकार देखा नपरिसकेको उल्लेख गर्दै भने, "प्रचण्डजी मलाई अब बहुमत पुग्‍यो अरू किन चाहियो भन्दै जानुभयो भने त्यसमा घस्रिएर कांग्रेसले लाचारी पनि देखाउने कुरा आउँदैन।"

आफूलाई कांग्रेसले समर्थन नगरेर विगतमा भएको सहमति उल्लङ्घन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको पुस १० गतेको समयसीमा सकिनु केही घण्टा अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमाले अध्यक्ष ओलीसँग हात मिलाएका थिए।

एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउनेदेखि राष्ट्रपति र सभामुख जस्ता महत्त्वपूर्ण पद भागबन्डाबारे सहमति भएका विवरण आएका छन्।

नयाँ समीकरण बनेपछि गएको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले कुनै पनि महत्त्वपूर्ण कार्यकारी जिम्मेवारी नपाउने अवस्था देखिएको छ।

पौडेलसहित कैयौँ नेताहरूले देउवाका कारण मओवादीसहितको आफूहरूको गठबन्धन भत्किएको बताउँदै आएका छन्।

देउवापक्षीय नेता

कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेता मीनबहादुर विश्वकर्मा 'चलाखीपूर्ण ढङ्गले अघिल्लो गठबन्धन' टुटाइएको बताउँदै त्यसबाट कांग्रेसले अलिकति असहज महसुस गरेको सुनाउँछन्।

उनले भने, "हामीले हतार हतारमा बनेको यसलाई गठबन्धन पनि भनेका छैनौँ। गठजोड भनेका छौँ। यो गठजोडलाई केही परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो साथीहरूको अनौपचारिक तर्कहरू रहे। त्यसलाई सुनिसकेपछि सभापतिले अहिले धेरै नगरौँ यो आफैँ भत्कन्छ भन्दै आउनुभएको छ। सभापतिकै कारणले गठबन्धन टुट्यो भन्ने टिप्पणी भइरहेको बेला उहाँले सबैको कुरा सुनिदिनुभएको छ।"

उनले थपे, "र नयाँ गठजोडका नेताहरू भेट्न आउँदा तिमीहरू नै प्रधानमन्त्री बन्ने भए पनि बन भनेर अनौपचारिक कुराकानीमा जवाफ फर्काउने गर्नुभएको छ। यस्तो बेलामा सात दलीय गठबन्धन तोडेर अर्को सात दलीय गठबन्धन बनाउनुभन्दा अब कसैले बनाउन सक्दैन, मध्यावधि चुनावमा जान पनि देशले थाम्न सक्दैन। त्यही भएर राष्ट्रिय सहमतिको सरकार बनाउँदा के फरक पर्छ र? भन्ने तर्क चाहिँ आएको हो। तर त्यो औपचारिक धारणा र प्रस्ताव भने होइन।"

नेता विश्वकर्माका अनुसार राष्ट्रिय सहमतिको सरकार बन्ने प्रस्ताव प्रधानमन्त्रीले ल्याएको खण्डमा नयाँ शिराबाट छलफल हुनसक्छ।

उनले भने, "नत्र भने अहिले कांग्रेस प्रतिपक्षमा बस्ने र प्रतिपक्षमा रहेका अन्य दलहरूसँग सहकार्य गरेर असल र रचनात्मक भएर सरकारलाई खबरदारी गर्दै अघि बढ्नु उपयुक्त हुन्छ।"

पुष २६ गते बस्ने संसदीय दलको बैठकले विपक्षमा बस्नेसहितका विषयमा टुङ्गो लगाउने कांग्रेसका नेताहरू बताउँछन्।

नयाँ सरकार गठनभएपछि पूर्व प्रधानमन्त्री देउवाले नयाँ समीकरणमा आबद्ब राप्रपासहित दलका नेतालाई भेटेर सहकार्यको प्रस्ताव राखेका विवरण आएका छन्।

शनिवार आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सरकार ढाल्न लागेको टिप्पणी गरेका थिए।

माओवादी केन्द्रका नेता के भन्छन्?

माओवादी केन्द्रका महासचिव देव गुरुङ सैद्धान्तिक रूपमा आफ्नो दल राष्ट्रिय सहमतिको पक्षमा भएको भएपनि अहिलेको संविधानले प्रतिनिधिसभाको बहुमतका आधारमा सरकार निर्माण हुने व्यवस्था अङ्गिकार गरेको बताउँछन्।

उनले भने, "सरकार निर्माण सम्बन्धी संविधानका धाराहरूले राष्ट्रिय सहमतिलाई सम्बोधन गरेको छैन। तर दलहरूको बीचमा सहमति हुनसक्छ भने कुनै न कनै दफामा टेकेर एउटा राष्ट्रिय सन्देश दिन सकिन्छ। त्यो हामीले पहिले भन्दै आएको कुरा हो।"

तर अहिले संविधानको धारा ७६ (२) अनुसार सरकारले विश्वासको मत लिने प्रक्रिया अघि बढाइरहँदा आफूहरू मतदानको प्रक्रियामा केन्द्रित भएको बताए।

उनले थपे, "हामीले उहाँहरू (कांग्रेस)सँग पनि मतदानको आग्रह गरिरहेका छौँ। अहिले विधि र प्रक्रिया नै मानेर अघि बढ्नुपर्ने हुन्छ। मतदानको प्रक्रियामा सकारात्मक हुनुभयो भने त्यसपछाडि यी विषयहरूका बारेमा छलफल गर्न सकिन्छ भन्ने लाग्छ।"

उनले मतदानको समय नजिक आएकाले अरू विषयमा छलफलका लागि समय नभएको बताए।

गुरुङ भन्छन्, "अहिले हामी मतकै लागि आग्रह गरिरहेका छौँ। अरू कुरालाई त्यसपछिबाट छलफल चल्न सक्ने सम्भावनालाई ढोका बन्द गर्ने भन्ने कुरा हुँदैन।"

निर्वाचन आयोगका अनुसार पछिल्लो आम चुनावमा १२ दल र ५ स्वतन्त्र सांसद निर्वाचित भएका थिए। निर्वाचित मध्ये एक जना सांसद भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेका कारण निलम्बित भएका छन्। दुई जना स्वतन्त्र सांसदहरू फरक फरक पार्टीमा प्रवेश गरेका छन्।

प्रतिनिधिसभाको कूल २७५ सदस्य सङ्ख्यामध्ये प्रधानमन्त्री चुनिनका लागि १३८ सदस्यको समर्थन आवश्यक रहन्छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending