Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रतिपक्षमा बस्ने निर्णय गर्नुअघि कांग्रेसले प्रचण्डको संकेत कुरेको हो ?

रामचन्द्र पौडेल भन्छन् : राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौँ

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसका कतिपय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना प्रधानमन्त्रीको प्रयासमा निर्भर रहेको बताएका छन्।

उनीहरूका भनाईमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्ने सम्भावना धेरै छ।

तर उक्त दलले प्रचण्डले राष्ट्रिय सहमतिका लागि खेल्ने भूमिकालाई ध्यान दिएर आगामी पुस २६ गते प्रतिनिधिसभामा उनलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गर्नेछ।

माओवादी केन्द्रका महासचिवले बीबीसीसँग कुरा गर्दै दुई वा दुई भन्दा बढी दल मिलेर संविधानको धारा ७६ (२) बमोजिम अहिलेको सरकार बनेको भन्दै विश्वासको मत दिने प्रक्रिया संसद्‌बाट निष्कर्षमा पुगेपछि मात्रै अन्य विषयमा छलफल हुनसक्ने बताए।

कांग्रेस नेताहरू के भन्छन्?

संसद्को तेस्रो दलका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभाको दोस्रो दल नेकपा एमाले सहित अन्य ६ वटा दल र तीन स्वतन्त्र सांसद गरी १६९ जना सांसद्को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

उनले मङ्गलवार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ। त्यसअघि सत्ता गठबन्धन र कांग्रेस दुवैतर्फका नेताहरूले अलग अलग रूपमा राजनीतिक छलफलहरू जारी राखेका छन्।

कांग्रेसका एक जना वरिष्ठ नेता रामचन्द्र पौडेलले बीबीसीसँग आफू राष्ट्रिय सहमतिको सरकारको पक्षमा भएको बताउँदै त्यसबारे भइरहेका छलफलले कुनै आकार भने ग्रहण गरिनसकेको बताए।

उनले भने, "मैले राष्ट्रको परिस्थितिलाई आत्मसाथ गरेर यो देशको भलोका लागि राष्ट्रिय सहमतिबाट जानुभन्दा अर्को विकल्प हुँदैन भनेर मलाई लागेर आफ्नो कुरा सार्वजनिक गरिदिएको हुँ।"

आफूले व्यक्तिगत स्वार्थ नराखेको भन्दै उनले थपे, "यसलाई ग्रहण गर्ने वा नगर्ने नेताहरूको इच्छा हो।"

शनिवार कांग्रेसको संसदीय दलको बैठक बसेको भएपनि उसले प्रतिपक्षमा बस्ने स्पष्ट उल्लेख गरेर निर्णय गरेको छैन।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिनसक्छ भनेर सोधिएको प्रश्नमा पौडेलले थपे, "अहिले म भन्न सक्दिनँ। प्रचण्डको पार्टी र कांग्रेसबीचको सम्बन्ध, उहाँ र हाम्रो पार्टीको सभापतिको कुराकानी र हाम्रो पार्टीको संसदीय दलको दृष्टिकोण सबै मिल्नुपर्छ।"

उनले राष्ट्रिय सहमतिको सरकारको आकार देखा नपरिसकेको उल्लेख गर्दै भने, "प्रचण्डजी मलाई अब बहुमत पुग्‍यो अरू किन चाहियो भन्दै जानुभयो भने त्यसमा घस्रिएर कांग्रेसले लाचारी पनि देखाउने कुरा आउँदैन।"

आफूलाई कांग्रेसले समर्थन नगरेर विगतमा भएको सहमति उल्लङ्घन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको पुस १० गतेको समयसीमा सकिनु केही घण्टा अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमाले अध्यक्ष ओलीसँग हात मिलाएका थिए।

एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउनेदेखि राष्ट्रपति र सभामुख जस्ता महत्त्वपूर्ण पद भागबन्डाबारे सहमति भएका विवरण आएका छन्।

नयाँ समीकरण बनेपछि गएको मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले कुनै पनि महत्त्वपूर्ण कार्यकारी जिम्मेवारी नपाउने अवस्था देखिएको छ।

पौडेलसहित कैयौँ नेताहरूले देउवाका कारण मओवादीसहितको आफूहरूको गठबन्धन भत्किएको बताउँदै आएका छन्।

देउवापक्षीय नेता

कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने नेता मीनबहादुर विश्वकर्मा 'चलाखीपूर्ण ढङ्गले अघिल्लो गठबन्धन' टुटाइएको बताउँदै त्यसबाट कांग्रेसले अलिकति असहज महसुस गरेको सुनाउँछन्।

उनले भने, "हामीले हतार हतारमा बनेको यसलाई गठबन्धन पनि भनेका छैनौँ। गठजोड भनेका छौँ। यो गठजोडलाई केही परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो साथीहरूको अनौपचारिक तर्कहरू रहे। त्यसलाई सुनिसकेपछि सभापतिले अहिले धेरै नगरौँ यो आफैँ भत्कन्छ भन्दै आउनुभएको छ। सभापतिकै कारणले गठबन्धन टुट्यो भन्ने टिप्पणी भइरहेको बेला उहाँले सबैको कुरा सुनिदिनुभएको छ।"

उनले थपे, "र नयाँ गठजोडका नेताहरू भेट्न आउँदा तिमीहरू नै प्रधानमन्त्री बन्ने भए पनि बन भनेर अनौपचारिक कुराकानीमा जवाफ फर्काउने गर्नुभएको छ। यस्तो बेलामा सात दलीय गठबन्धन तोडेर अर्को सात दलीय गठबन्धन बनाउनुभन्दा अब कसैले बनाउन सक्दैन, मध्यावधि चुनावमा जान पनि देशले थाम्न सक्दैन। त्यही भएर राष्ट्रिय सहमतिको सरकार बनाउँदा के फरक पर्छ र? भन्ने तर्क चाहिँ आएको हो। तर त्यो औपचारिक धारणा र प्रस्ताव भने होइन।"

नेता विश्वकर्माका अनुसार राष्ट्रिय सहमतिको सरकार बन्ने प्रस्ताव प्रधानमन्त्रीले ल्याएको खण्डमा नयाँ शिराबाट छलफल हुनसक्छ।

उनले भने, "नत्र भने अहिले कांग्रेस प्रतिपक्षमा बस्ने र प्रतिपक्षमा रहेका अन्य दलहरूसँग सहकार्य गरेर असल र रचनात्मक भएर सरकारलाई खबरदारी गर्दै अघि बढ्नु उपयुक्त हुन्छ।"

पुष २६ गते बस्ने संसदीय दलको बैठकले विपक्षमा बस्नेसहितका विषयमा टुङ्गो लगाउने कांग्रेसका नेताहरू बताउँछन्।

नयाँ सरकार गठनभएपछि पूर्व प्रधानमन्त्री देउवाले नयाँ समीकरणमा आबद्ब राप्रपासहित दलका नेतालाई भेटेर सहकार्यको प्रस्ताव राखेका विवरण आएका छन्।

शनिवार आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सरकार ढाल्न लागेको टिप्पणी गरेका थिए।

माओवादी केन्द्रका नेता के भन्छन्?

माओवादी केन्द्रका महासचिव देव गुरुङ सैद्धान्तिक रूपमा आफ्नो दल राष्ट्रिय सहमतिको पक्षमा भएको भएपनि अहिलेको संविधानले प्रतिनिधिसभाको बहुमतका आधारमा सरकार निर्माण हुने व्यवस्था अङ्गिकार गरेको बताउँछन्।

उनले भने, "सरकार निर्माण सम्बन्धी संविधानका धाराहरूले राष्ट्रिय सहमतिलाई सम्बोधन गरेको छैन। तर दलहरूको बीचमा सहमति हुनसक्छ भने कुनै न कनै दफामा टेकेर एउटा राष्ट्रिय सन्देश दिन सकिन्छ। त्यो हामीले पहिले भन्दै आएको कुरा हो।"

तर अहिले संविधानको धारा ७६ (२) अनुसार सरकारले विश्वासको मत लिने प्रक्रिया अघि बढाइरहँदा आफूहरू मतदानको प्रक्रियामा केन्द्रित भएको बताए।

उनले थपे, "हामीले उहाँहरू (कांग्रेस)सँग पनि मतदानको आग्रह गरिरहेका छौँ। अहिले विधि र प्रक्रिया नै मानेर अघि बढ्नुपर्ने हुन्छ। मतदानको प्रक्रियामा सकारात्मक हुनुभयो भने त्यसपछाडि यी विषयहरूका बारेमा छलफल गर्न सकिन्छ भन्ने लाग्छ।"

उनले मतदानको समय नजिक आएकाले अरू विषयमा छलफलका लागि समय नभएको बताए।

गुरुङ भन्छन्, "अहिले हामी मतकै लागि आग्रह गरिरहेका छौँ। अरू कुरालाई त्यसपछिबाट छलफल चल्न सक्ने सम्भावनालाई ढोका बन्द गर्ने भन्ने कुरा हुँदैन।"

निर्वाचन आयोगका अनुसार पछिल्लो आम चुनावमा १२ दल र ५ स्वतन्त्र सांसद निर्वाचित भएका थिए। निर्वाचित मध्ये एक जना सांसद भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेका कारण निलम्बित भएका छन्। दुई जना स्वतन्त्र सांसदहरू फरक फरक पार्टीमा प्रवेश गरेका छन्।

प्रतिनिधिसभाको कूल २७५ सदस्य सङ्ख्यामध्ये प्रधानमन्त्री चुनिनका लागि १३८ सदस्यको समर्थन आवश्यक रहन्छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending