Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेकाे छ: उपप्रधानमन्त्री महासेठ

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलेले हालको लाइसेन्स वितरण कार्यलाई थप प्रभावकारी बनाउन लागिएको बताए । 

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा उनले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिए । “अहिले सबैभन्दा ठूलो समस्या लाइसेन्सको छ । विभिन्न कारणले लाइसेन्स छपाइ बन्द थियो । करिब एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका छन्, यसलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ”,उपप्रधानमन्त्री महासेठले भने । 

लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीब्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताए । त्यसैगरी उनले राष्ट्रिय राजमार्गको मर्मत र स्तरोन्नतीको कामलाई परिणाममुखी बनाइने तथा राष्ट्रिय गौरबका आयोजनालाई थप गतिशील बनाउन योजनाबद्ध रूपमा काम अगाडि बढाइएको जानकारी दिए । 

५० अर्ब भुक्तानी दायित्व

 उपप्रधानमन्त्री महासेठले निर्माण व्यवसायीको झण्डै रु ५० अर्ब भुक्तानी दायित्व बाँकी रहे पनि हाल आन्तरिक रूपमा केही व्यवस्थापन गरेर निर्माणका काम भइरहेका बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र रणनीतिक सडकलाई विशेष प्राथमिकता दिने, कतिपय सडकलाई यस वर्ष सम्पन्न गर्ने र सम्भव नभए एक सय ६५ सडक अर्को वर्ष प्राथमिकता राखेर अगाडि बढाइन बताए । 

यस्तै उत्तर–दक्षिण सडक निर्माणको काम चाँडो गर्नेगरी लागिपरेको र कर्णाली र सुदूरपश्चिम प्रदेशको सडक, कर्णाली करिडोर, भेरी करिडोलगायतलाई विशेष प्राथमिकता दिने अगाडि बढाइने उनको भनाइ थियो । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पनि निर्वाचन क्षेत्र विशेष रणनीतिक सडकलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । उनका अनुसार नेपाल सरकारले स्वीकृत गरेका राष्ट्रिय राजमार्ग ८० वटा छन् । तिनको नियमित मर्मतसम्भारको काम भइरहेको छ । हरेक पाँच वर्षमा सडक ‘ओभरले र रिफिलिङ’ गरिँदैआएको छ ।

सचिव सिग्देलका अनुसार राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्गको कामलाई पनि नियमित भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता

धनगढी । नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी–जमरा–कुलरिया सिँचाइ आयोजना...

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ ।  यस...

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि प्रदेश सभाको...

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले ब...

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो: एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा...

कोशीका मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद विस्तार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई...

सहकारी प्रकरणको छानबिन हुनुपर्छ: नेता पाण्डे

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने ब...

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका...

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै पाँच महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरे...

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies