Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

खबरडबली संवाददाता

सल्यान  । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु भएको हो । 

छत्रेश्वरी गाउँपालिकामा विहिबार यस परियोजनाको जिल्ला नेतृत्वकर्ता दलित विकास समाजले परियोजनाको परिचयात्मक कार्यक्रम गर्दै शासन संरचनामा युवा तथा महिलाको सहभागिता बढाएर उनिहरुको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउने उद्देश्य सहित कार्यक्रम सुरु भएको जनाएको हो । परियोजनाका जिल्ला संयोजक उमेश खरेलले छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ तथा कपुरकोट गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना लागू भएको जानकारी दिए ।

छत्रेश्वरीको भोटेचौरमा भएको परियोजना परिचयात्मक कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगको प्रभावकारी समन्वयमा नतिजा देखिने गरी काम गर्न परियोजनालाई आग्रह गरे । उनले आफ्नो गाउँपालिकामा जनप्रतिनिधी तथा कर्मचारीले तनमनका साथ काम गरेकाले राम्रा उपलब्धी देखिदै गएको भन्दै छत्रेश्वरीको विकासका लागि यस परियोजनाले योगदान पुर्याउने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सामाजिक र आर्थिक न्यायका लागि सबै वडामा परियोजनाका कार्यक्रम लैजानुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा परियोजनाका जिल्ला संयोजक खरेल संगै क्लिन अफ नेपालका परियोजना संयोजक श्रवण बस्नेत, सोसेक नेपालका परियोजना संयोजक द्रोण जिसीले पनि प्रस्तुतीकरण गर्दै सञ्चालन हुने क्रियाकलापको बारे अवगत गराएका थिए । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशरीदेवी भट्टराई, कार्यपालिका सदस्यहरु तिला घर्ती र तुल्सा विक, वास संयोजक निमराज केसीले विभिन्न सुझाव प्रदान गरेका थिए । दलित विकास समाज सल्यानका संस्थापक अध्यक्ष निम बहादुर नेपाललीले प्राप्त सुझावलाई ग्रहण गर्दै सबै सरोकारवालासंगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बताए ।

स्थानीय सरकार संगै दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा परियोजना अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन हुने परियोजनाका जिल्ला संयोजक खरेलले जनाए ।

उनका अनुसार गाउँपालिकाबाट वितरण हुने सामाजिक, आर्थिक र जलवायु न्याय सम्बन्धी सेवा र स्रोतहरूमा समान पहुँचको लागि युवा, महिला र उनीहरूका समुदायमा आधारित समुहलाई संगठित गर्दै परिचालन गरिने छ । यस्तै जलवायु उत्थानशीलतामा आधारित जीविकोपार्जनका क्रियाकलापहरु कार्यान्वयन गर्न महिला र युवाहरूको क्षमता अभिवृद्धिका कार्यक्रम र आर्थिक न्याय, सामाजिक न्याय र जलबायु उत्थानशिलता सम्बन्धि स्थानिय निति निर्माणका लागि वकालत तथा पैरवी गरिने पनि बताइएको छ ।

दलित विकास समाज सल्यानका कार्यवाहक अध्यक्ष हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजनाका छत्रेश्वरी गाउँपालिका परिचालक लिला वली परियारले गरेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती धपाउन झापामा अत्याधुनिक ‘ड्रोन’को प्रयोग

काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्...

आइतबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। १६ औँ...

छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बाेलाए कांग्रेसलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपा...

संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा राप्रपा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृ...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छुः उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन द...

बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दलहरु आ-आफ्नो रणनीति बनाउन छलफलमा जुटेपछि बैठक स्थगित भएको हो ।...

आगलागी पिडितलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ । सशस्त्र प्रहरी...

एलियन बने कार्तिक आर्यन

काठमाडौं। वर्षको सबैभन्दा ठूलो फुटबल महोत्सव ‘युइएफए युरो २०२४’ अर्को महिनादेखि सुरु हुँदैछ । यसअघि सोनी स्पोर्ट्स नेटवर्कले प्रवद्र्धनात्मक अभियान सु...

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies