Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

पचास युनिट बिजुली निःशुल्क दिने सरकारको योजना

खबरडबली संवाददाता

काठमाडौ । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्ध गराउने योजना अगाडि सारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको उपस्थितिमा आज सार्वजनिक भएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा ऊर्जा विकासलाई महत्वका साथ समावेश गरिएको छ । सरकारले गार्हस्थ्य उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने योजना अगाडि सारेको छ । 

यस्तै, विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आम नागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगिकीकरणमा टेवा एवम् पु¥याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने योजना अगाडि सारिएको छ ।

यस्तै, आगामी पाँच वर्षमा विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट घण्टा पु¥याउने लक्ष्य राखिएको छ । विद्युत् महसुललाई सर्वसाधारणले व्यहोर्न सक्नेगरी समायोजन गर्ने तथा  दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शत्प्रतिशत पु¥याउने महत्वाकाङ्क्षी योजना अगाडि सारिएको छ । निर्माणाधीन जलविद्युत् आयोजना समयमै सम्पन्न गरी जलविद्युत् निर्यातमा वृद्धि गर्नेर राष्ट्रिय आय बढाउने तथा  वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको योजना छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending