काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।
त्यसका लागि आज गठबन्धनकोे बैठक बस्दैछ। शीर्ष तहमा मन्त्रालयको संख्या र त्यसको बाँडफाँटबारे अनौपचारिक छलफल भए पनि त्यसमा औपचारिक एजेण्डा बनाएर कुरा नभएको राप्रपाका महामन्त्री डा. धवल शम्सेर जबराले बताए ।
संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकार अनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट हुनेछ ।
सत्ता साझेदार दलहरुबीच शुक्रवारसम्म पूर्णता दिनेगरी छलफल भइरहेको छ। बुधबार साँझ प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
सत्ता साझेदार दलहरुमध्ये ७९ सीट बोकेको सबैभन्दा ठूलो दल नेकपा एमालेले १० वटा मन्त्रालय राख्न चाहेको छ । तर सात दलबीच बाँडफाँट गर्दा ९ वटामा चित्त बुझाउने अवस्था छ । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित हाल चार जना मन्त्री सरकारमा छन् ।
मन्त्रालय बाँडफाँट नभएकाले ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी अहिले बिना विभागीय छन् । उनीहबाहेक अब एमालेबाट बढीमा ५ जना मन्त्री थपिनेछन् ।
सत्ता साझेदारमध्ये ३२ सीट बोकेको दोस्रो ठूलो दल माओवादीबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना हुनेछन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको क्याबिनेटमा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ छन् । अब माओवादीबाट बढीमा ४ जना मन्त्री थपिनेछन् । साझेदार दलहरुमा भागबण्डा गर्दा माओवादीले थप ३ जनामा चित्त बुझाउनुपर्ने पनि हुनसक्छ ।
त्यस्तै, सत्ता साझेदारमध्ये तेस्रो ठूलो दल २० सीट बोकेको रास्वपाले ४ वटा मन्त्री पाउनेछ । अहिले रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहको जिम्मेवारीमा पुगिसकेका छन् । अब एक राज्यमन्त्रीसहित ३ जनाले रास्वपाबाट सरकारमा मौका पाउनेछन् ।
चौथो ठूलो घटक राप्रपा जसले १४ सीट बोेकेको छ उसले ३ वटा मन्त्रालय पाउने भएको छ । यद्यपी राप्रपाले एक राज्यमन्त्रीसहित ४ मन्त्री दाबी गरेको छ । प्रदेशमा मुख्यमन्त्री नपाएको राप्रपाले संघमा ४ मन्त्री मागेको छ ।
सरकारमा सहभागी हुने निर्णय गरि नसकेको जसपालाई २ वटा मन्त्रालय दिने तयारी छ । उसको १२ सीट छ । त्यस्तै ६ सीट रहेको जनमत पार्टीले एउटा मन्त्री पाइसकेको छ । उसले थप एक मन्त्रालय मागे पनि एउटैमा चित्त बुझाउनु पर्ने अवस्था छ । उसले मधेसमा दोस्रो चरणको मुख्यमन्त्री पाउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: