Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

खबरडबली संवाददाता

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएको छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए। उनले भने “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु ।” 

थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । उनले भने, “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ ।” जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उनले बताए । 

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उहाँको भनाइ थियो । उनले भने, “यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उनले बताए ।  

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र वेशभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ । 

थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवबाट थारु जाति र थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । 

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएको छन् । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएको हो । 

व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिएको हो ।

उनले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गरे। 

आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उनले बताए। सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराएको थिए।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

भिजिट भिसा दुरुपयोग रोक्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...

प्रतिनिधिसभामा नियमावली विवाद: सभामुखकै अभिव्यक्ति हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...

सभामुखद्वारा ऐन महर, ध्रुव र आरेन राईलाई मर्यादा कायम गर्न सचेत गराइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...

संसदमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदहरूले बाहिर निकाले

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending