Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

खबरडबली संवाददाता

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन गरेका छन्। नगरपालिकाको निर्णयविरुद्ध चरणबद्ध आन्दोलन सञ्चालन गर्ने उद्देश्यसहित शनिबार १६ सदस्यीय संघर्ष समिति गठन गरिएको हो।

स्थानीय देवनारायण महतोको अध्यक्षतामा गठन गरिएको समितिले घर भत्काउने तयारी तत्काल रोक्न र नगरपालिकाको निर्णय फिर्ता लिन दबाब दिने जनाएको छ। यसअघि नगरपालिकाको कदमविरुद्ध स्थानीयहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए भने अब आन्दोलनलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको छ।

संघर्ष समितिका सदस्य नरेश सिंह कुशवाहाका अनुसार सम्बन्धित जग्गामा स्थानीयहरू वर्षौंदेखि बसोबास गर्दै आएका छन्। नगरपालिकाले पर्याप्त वैधानिक आधारबिना घर हटाउन खोजेको आरोप लगाउँदै उनले त्यसविरुद्ध आन्दोलन अपरिहार्य बनेको बताए।

स्थानीयहरूका अनुसार गौशाला बजारस्थित कित्ता नम्बर ११५, ११६ र ११७ मा रहेका घरहरू हटाउने तयारीले दर्जनौं परिवार प्रत्यक्ष प्रभावित हुने अवस्था सिर्जना भएको छ। विशेषगरी कित्ता नम्बर ११५ मा मात्रै ३४ घरपरिवार बसोबास गर्दै आएका छन्।

संघर्ष समितिले आन्दोलनको पहिलो चरणअन्तर्गत आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म बजार बन्द गरेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। स्थानीय अगुवा जगदीश प्रसाद गुप्ताले नगरपालिकाले आफ्नो निर्णय फिर्ता नलिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए।

स्थानीय बासिन्दाले आफूहरूको आवास र बसोबासको अधिकारमाथि हस्तक्षेप भएको दाबी गर्दै वार्ता र सहमतिबाट समाधान खोज्नुपर्ने बताएका छन्। यता, नगरपालिकाले भने सम्बन्धित जग्गा र संरचनाबारे कानुनी प्रक्रिया अनुसार काम भइरहेको जनाएको छ। घर हटाउने निर्णयलाई लिएर स्थानीय र नगरपालिकाबीच विवाद चर्किंदै जाँदा गौशालामा तनावको अवस्था सिर्जना हुने संकेत देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending