Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

खबरडबली संवाददाता
काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 
 
उक्त सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । 
 
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७९÷८० का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेशकुमार गुरागाईं र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ । 
 
सोही अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै कोभिड–१९ को महामारी तथा त्यसको प्रभाव र असरकाबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गरे । 
 
उनले भने, “आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कूल रु ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी रु आठ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षकोभन्दा रु एक अर्ब ३५ करोडले बढी हो, यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयको ५९.५२ प्रतिशत अर्थात् रु २६ अर्ब ४१ करोड राजस्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ ।”
 
अध्यक्ष अर्यालले प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि आधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीइ प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटिटिएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीव्रता दिएकाले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उल्लेख गरे । साधारणसभाले पारित गरेको लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

भिजिट भिसा दुरुपयोग रोक्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...

प्रतिनिधिसभामा नियमावली विवाद: सभामुखकै अभिव्यक्ति हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...

सभामुखद्वारा ऐन महर, ध्रुव र आरेन राईलाई मर्यादा कायम गर्न सचेत गराइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...

संसदमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदहरूले बाहिर निकाले

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending