काठमाडौ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएको छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरे । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाए ।
सांसद देवकोटाले भने, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको थियो तर, मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता ल्याइयो । यो सार्वभौसम संसद्ले अनुमोदन गरेको विषय फिर्ता गर्न मिल्दैन । यो निर्णय तत्काले सच्याउन माग गर्दछु ।”
सांसद उदयबहादुर बोहराले वर्तमान सरकारलाई समर्थन जनाउनु पार्टीको कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै सरकारको न्यूनतम साझा कार्यक्रम सफलरुपका कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले)का भगवती न्यौपाने लोकतन्त्रको पाठ सिकाउने पार्टीले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाए ।
एमालेकै विमला घिमिरेले सरकारले न्यूनतम साझा कार्यक्रममा अघि सारेका, सुशासन, आर्थिक विकासलगायतका एजेण्डालाई सरकार, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुको सामूहिक प्रयासबाट सफल पार्नुपर्ने बताए ।
सरकारलाई समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, उनले विद्यार्थीलाई समयै पाठ्यपुस्तक उपलब्ध गराउने र किसानलाई बीउ मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: