काठमाडौं । आइतबार विहान पोखरामा भएको यति एयरलाइन्स दुर्घटनामा मृत्यु भएका २६ जनाको पहिचान खुलेको छ ।
पहिचान खुलेका २६ जनाको शब आज परिवारका सदस्यहरुलाई जिम्मा लगाईने तयारी गरिएको छ ।
दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकर रहेका छन् ।
पर्वतको कुश्मा (१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा (९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।
यस्तै, रुपन्देही शंकर ८ का डा। गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
यति एयरलाइन्सको एटिआर विमानमा यात्रारत ७२ मध्य ६८ जनाको शव भेटिएको भएपनि बाँकी ४ जनाको अवस्था पत्ता लागेको छैन ।
दुर्घटनास्थलमा केही शवहरु देखिएको भएपनि भौगोलिक विकटताका कारण निकाल्न नसकिएको बताइएको छ ।
सोमबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - ११:०५
काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...
चैत्र ११ गते, २०७९ - १०:३५
महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...
चैत्र ११ गते, २०७९ - १०:३२
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
चैत्र ८ गते, २०७९ - १३:०५
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...
चैत्र ४ गते, २०७९ - ०९:२९
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...
चैत्र ४ गते, २०७९ - ०८:४०
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...
चैत्र ४ गते, २०७९ - ०८:३६
काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...
फाल्गुन ११ गते, २०७९ - १४:२६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...
फाल्गुन ९ गते, २०७९ - १४:०८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...
फाल्गुन ९ गते, २०७९ - १०:५९
काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...
प्रतिकृया लेख्नुहोस्: