काठमाडौ । उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेको छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेको हो ।
उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छन् । “आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ”, उनले भने, “योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।”
ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उहाँको भनाइ छ । “मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो÷ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्”, उनले भने, “नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।”
“हामी सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा विस्वास राख्छौँ । त्यसकारण पशुपतिनाथको दर्शन गर्न गएको हुँ” उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणपछि भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: