Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जगदम्बाले किन पठायो भट्टको खातामा यति ठुलो रकम ? किन हुँदैन छानविन ?

खबरडबली संवाददाता

राजनीतिका शिर्ष नेताहरुको निकट रहने जो सुकै भएपनि प्रधानमन्त्री बेडरुमसम्म पुग्ने गरेका भट्ट यसअघि काण्डैकाण्डमा मुछिएका बिचौलिया हुन् ।

काठमाडौं । जगदम्बा स्टिल्स प्रालिबाट बिचौलिया भनेर चर्चित व्यवसायी दीपक भट्टको खातामा ८५ करोड गएको देखिएको छ । 

सम्पक्ति शुद्दिकरण अनुसन्धान विभागमा यससम्बन्धि उजुरी परेको भएपनि छानविनमा चासो देखाएको छैन । सम्पत्ति शुद्दिकरणले चासो नदेखाउनुमा राजनीतिक दवावले काम गरेको बताइन्छ । 

भट्टलाई एकपटक ४५ र अर्कोपटक ४० करोड गरी जम्मा ८५ करोड रुपैँया जगदम्बाले पाठएको अन्नपुर्णपोष्टमा समेत समाचार आएको थियो ।

भट्टको एकल स्वमित्वमा रहेको इन्फिनिटि होल्डिङ्समार्फत कारोबार गरेका रकमहरुको समेत स्रोत नखुलेको स्रोतले बतायो । 

अवैध कारोबार तथा स्रोत नखुलेको सम्पक्ति छानविन गर्न बनेको सम्पक्ति शुद्दिकरण अनुसन्धान विभाग समेत बिचौलियाहरुले गर्ने राजनीतिक प्रभावको शिकार बनिरहेका छन् । 

जगदम्बाले के का लागी यति ठुलो रकम भट्टको खातामा पठाएको हो भन्ने खुल्न नसकेको सम्पक्ति शुद्दिकरण विभागका एक अधिकृतले बताए । तर छानविनका लागी कुनै पहल भएको छैन । 

जगदम्बाका दुई संचालक सुलभ अग्रवाल र शाहिल अग्रवालसँग भट्टको हिमचिम रहेपनि के कति कारणले भट्टलाई यति ठुलो रकम दिएका हुन् भन्ने खुल्न सकेको छैन । 

को हुन् भट्ट ? 
दीपक भट्ट आफुलाई व्यवसायिका रुपमा चिनाउने गरेपनि उनको देखिने व्यवसाय केहीपनि छैन । इन्फिनिटि होल्डिङ्समार्फत कारोबार गरिहेका भट्टले के समाग्री खरिद बिक्रि गर्छन् भनेर समेत खुलेको छैन । 

राजनीतिका शिर्ष नेताहरुको निकट रहने जो सुकै भएपनि प्रधानमन्त्री बेडरुमसम्म पुग्ने गरेका भट्ट यसअघि काण्डैकाण्डमा मुछिएका बिचौलिया हुन् । 
मुलुकका ठुला ठेक्का, सामान खरिद लगायतका ठुला कारोबारहरुमा भट्टको नाम जोडिने गरेको छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी ओलीको बेडरुमसम्म पुग्ने गरेको नेताहरु बताउँछन् । 

ठुला ठेक्कापट्टा र सामान खरिदको सेटिङ मिलाउन भट्ट सक्रिय रहन्छन् । ओली प्रधानमन्त्री हुँदा भट्टले आफ्नै सशोदर दाजु सुशिल भट्टलाई लगानि बोर्डको सिइओ बनाउन समेत सफल भएका थिए । धितोपत्र बोर्डमा समेत भट्टले अध्यक्ष आफैले बनाएको चर्चा छ । 

प्रधानमन्त्रीमा शेर बहादुर देउवा आएपछि भट्टको सक्रियता झनै बढेको थियो । देउवापत्नी आरजु राणामार्फत भट्टले सुदुरपश्चिमको तीन हजार मेघावाटको जलविधुत योजना हडप्न खोजेका थिए । लगानी बोर्डमार्फत भट्टले भारतीय धनाढ्य गौतम अडानीको कम्पनिलाई योजना जिम्मा दिने सेटिङ् मिलाउँदै थिए । 

भट्टले नयाँ स्टक एक्स्चेन्जको लाइसन्स मिलाउने सेटिङ राणामार्फत फत्ते गरेपनि सर्वोच्व अदालको आदेशले रोकिएको स्रोत बताउँछ । भट्टले नै रिइन्स्योरेन्सको लाइसेन्स जारी गराएको थियो । 

भट्ट सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिद प्रकरणमा समेत मुछिएका पात्र हुन् ।  प्रहरीको वाटर क्यनन् खरिदको ५० करोड काण्डमा पनि भट्टकै नाम जोडिन्छ । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies