बलेवा । छ महिनासम्म वस्तुभाउ र मानिसको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईवस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि सुनसान बनेको हो ।
बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले वस्तुभाउ लिएर उतै बस्छन् । जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै छ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो । ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईवस्तु र भेडाबाख्रा बँेसी झरेका छन् । “बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ”, उनले भने, “चिसो बढेपछि गोठ लिएर बेँसी झर्नै पर्छ ।”
बर्खायामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालालाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताए। छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दूधलाई घीउ तथा मासुलाई सुकुटी बनाउने गरिएको उनले बताए । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन हो । बुकी क्षेत्रमा जन्मने पाडा÷बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् ।
हरियो घाँस सकिँदै जाने र जाडो सुरु भएपछि सबै वस्तुभाउ लिएर ढोरपाटन उपत्यका झर्ने पाखाथरका पशुपालक कृषक डिल्ली भण्डारीले बताए। जाडो सुरु भएपछि गोठालाको घुम्ती बसाइ गाउँमा झरेको छ । गर्मी महिनामा बुकी, मध्यम मौसममा ढोरपाटन उपत्यका र जाडो मौसममा बोबाङका गाउँ क्षेत्रमा गोठाला वस्तुभाउसहित आउने र जाने गर्छन् ।
गर्मीमा गाउँ छाडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा चहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए। पहिले बुकी चरणमा जाने गोठालाले वडा कार्यालयलाई तिरो दिने चलन थियो । वडाध्यक्ष घर्तीका अनुसार कृषकले एउटा गाईभैँसीको रु पचास र एउटा भेडा बाख्राको रु पाँच लिने गरिएको थियो । आफू वडाध्यक्ष निर्वाचित भएपछि कृषकलाई चरण क्षेत्रको तिरो लिन छाडिएको उनले बताए।
ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक, कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक तथा पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान वैशाखमा फेरि बुकी जान्छन् । बुकीबाट झरेका वस्तुभाउलाई गोठालाले मलका लागि बारीमै छाड्ने गर्छन् । मल पुगेपछि खनजोत गरेर हिउँदे बाली लगाउने गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । मकै छरेपछि वैशाख १५ गतेदेखि ढोरपाटन क्षेत्र उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको बुकी क्षेत्रमा पशुचौपाया लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाइ छ ।
गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । हिउँदमा हिमपात हुने र जाडो बढ्ने भएकाले जाडो छल्न बेँसी झरेको कृषकको भनाइ छ । ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का बासिन्दाको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो । ढोरपाटन उपत्यकामा पनि चिढो बढ्दै गएपछि केही स्थानीय जाडो छल्न गाउँ तथा सहरी क्षेत्रमा झर्न थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: