काठमाडौँ । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् ।
एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।
'छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,' ओलीले भने ।'हामी एउटा कार्ड एउटातिर अर्कोको कार्ड अर्कोतिर होइन । हामीले सन्तुलित, विश्वसनीय होइन । भित्रभित्र एउटा कुरा बाहिर, बाहिर अर्को कुरा होइन । मुखले एउटा व्यवहारमा अर्को गर्ने अभ्यास, त्यस प्रकारको होइन, भरपर्दो, विश्वसनीय, जो भनिन्छ त्यो गर्ने होइन । एउटा हित र अर्काको अहित गर्ने होइन, छिमेकमा बसेर अर्काको अहित गर्ने भन्ने विषय सामान्य गाउँघरमा पनि असल छिमेकी मानिँदैन,' ओलीले भने 'हामी छिमेकीहरुका लागि असल छिमेकी हुन चाहान्छौँ उनीहरुको कुभलो गर्दैनौं, विल्कुलै कुभलो नगरिकन उनीहरुको भलो चिताएर उनीलाई सहयोग पुर्याएर, उनीहरुको जायज चासो चिन्ता सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढंगले हामी अघि जान्छौं ।'
उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख गरे । 'हामी कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं ओलीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...




प्रतिकृया लेख्नुहोस्: