Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली :प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएको छन् । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरे। 

प्रधानमन्त्री दाहालले भने, “आजदेखि सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो ९बिरालो वर्ष०को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सु–स्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु  ।”

नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले   यहाँ एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताउनुभयो । नेपालमा बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेका र यी सबै संस्कृतिको समग्रता तथा एकीकृतस्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। 

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो”, उहाँले भने । प्रधानमन्त्री दाहालले त्यसलाई राष्ट्रिय सम्पत्तिको संज्ञा दिए। उनले भने, “नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो ।”

मानव जातीले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सांस्कृतिक पाटोको बारेमासमेत जानकारी दिनुभयो । उहाँले चन्द्रमाको गतिको आधारमा समय गणना हुन थालेको र सोही पद्दति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछन् भने । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम ९किसानको० ल्होछार पनि भन्दछन् भन्ने तथ्य स्थापित भएको बताए । 

“ल्होको अर्थ साल, सम्बत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यो परम्परामा विभिन्न बाह्र पशुपक्षीको नामबाट १२ ल्हो को नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ” उनले भने,  “बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ । ल्हो ९वर्ष० सँग खाम ९पाँच तत्व०हरू— आगो, पानी, माटो, फलाम, काठ,सँग जोडिएका हुन्छन् । यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन् ।”
 
तामाङ समुदायले मान्ने ल्होछार ९नयाँ वर्ष० तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिनको रुपमासमेत लिइने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हिजो ताकल्हो ९बाघ वर्ष० लाई बिदा गरियो । आजबाट ह्योई ९खरायो वर्ष० ल्हो सुरु भयो । यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाईसमेत प्रतिविम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु ।”  

नेपालमा मात्र नभएर चीन, मङ्गोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल—चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घ÷संस्थालेसमेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् ।

तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमासमेत विशेष महत्व राख्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने,  “ल्होछार पर्व केवल तामाङ समुदायको मात्र होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो ।  नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृति लोप भएर जादैँछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending