Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव

खबरडबली संवाददाता
काठमाडौ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ ।
 
मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, “नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।”
 
असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरे। पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे।
 
सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरे। राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय, सानोठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई रु ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरे। 
 
नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पु¥याएको चर्चा गरे। सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताए ।
 
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उनीहरूले देखाएको असल बाटोलाई अङ्गिकार गरेको बताए। उनले कांग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट रु एक लाख पाँच हजार प्रदान गर्ने घोषणा गरे ।
 
त्यस अवसरमा प्रतिष्ठानका महासचिव रवि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरी पहिलो वर्षमै वरिष्ठ व्यक्तित्वलाई पुरस्कार र विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेर आमाको स्मरणलाई जीवन्त राखेको बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending