Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

धरानमा अतिक्रमण गरेर बनाइएको घरमा उपमहानगरले डोजर चलायो

खबरडबली संवाददाता

धरान, धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ । उक्त घर मुना चौधरी लिम्बूले बनाएको बताइएको छ । घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । 

घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् । धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रङ्गशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास हुन थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयवासी विरोधमा उत्रिएका थिए । पहिलादेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्ववडाध्यक्ष लिम्बूले खोलाको भाग सीमाङ्कन गर्नुपर्ने पनि माग राखेको थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो । स्थानीयवासीको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

उपनगरपालिकाले अवैधरूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते सूचना टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । घर भत्काउने आदेशको माग गर्दै स्थानीयवासीले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । धरान उपमहानगरकाका प्रमुख हर्कराज राईले फेसबुकबाटै खोला खोली छेउछाउ जग्गा  किनबेच गर्नेको नाम दिन आग्रह गर्नुभएको छ । खोला किनारा र सरकारी जग्गामा बनाइएका सबै घरटहरा भत्काइने उहाँले नगरवासीलाई जनाउ दिएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending