Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दीर्घरोगीलाई काठेखोला गाउँपालिकाले मासिक पाँच हजार दिने

खबरडबली संवाददाता

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो । 

गाउँपालिकाभित्रका दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरुको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना रु पाँच हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । अध्यक्ष थापा भन्छन्, “गाउँपालिकामा जो नागरिक दीर्घरोगी छन्, पहिचान गरेर उहाँहरुको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीहरुले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, जसलाई पनि यो समस्या पर्न सक्छ, हामीहरुले उहाँहरुलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख सुखमा साथ दिनु छ ।”

गाउँसभाले समपूरक कोषको रु एक करोड ४० लाख र सञ्चित कोषको रु दुई करोड पाँच लाख गरी कूल रु तीन करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको अध्यक्ष थापाले बताए । गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ ।

गाउँसभाले आर्थिक वर्ष २०७९÷८० को संशोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न गाउँसभामा सङ्घीय सरकारबाट प्राप्त हुने रु ४८ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट रु दुई करोड ९१ लाख ७८ हजार, आन्तरिक स्रोतको रु ४० लाख, मालमोततर्फ रु पाँच लाख र सञ्चितकोषमा रु तीन करोड १० लाख गरी कूल रु ५४ करोड ९१ लाख २३ हजारको बजेट पारित गरेको थियो । अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कूल बजेट रु ५७ करोड ८७ लाख ४० हजार दुई सय ४३ पुगेको गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले जानकारी दिए।

गाउँपालिकाको चालू बजेट रु ३३ करोड ६५ लाख १७ हजार दुई सय ४३ र पूँजीगततर्फ रु २४ करोड २२ लाख २३ हजार रहेको उहाँको भनाइ छ । चालू बजेटको ४५ दशमलव ९५ प्रतिशत र पूँजीगततर्फ छ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च भएको र आर्थिक वर्षको पहिलो छ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३ दशमलव ४३ प्रतिशत, सामाजिक विकासतर्फ पाँच दशमलव ३३ प्रतिशत, पूर्वाधार विकासतर्फ पाँच दशमलव ७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा छ दशमलव ८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको उपाध्यक्ष थापा बताउन्छन्।

गाउँपालिकाले छ महिनाको अवधिमा कूल ४५ शीर्षकबाट रु २९ लाख ९३ हजार एक सय २३ कर सङ्कलन गरेको गाउँपालिकाका प्रवक्ता टिमनसङ्गम विकले जानकारी दिए । नागरिकलाई प्राकृतिक प्रकोपका रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसँगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने परियोजना सञ्चालन थालिएको उनले बताए ।

गाउँपालिकाले यस आर्थिक वर्षमा ११ विधेयक तयार गरिएको समेत जनाएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१ दशमलव शून्य नौ प्रतिशत, उद्यम विकासको १५ दशमलव पाँच प्रतिशत, सहकारीको १२ दशमलव पाँच प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७ दशमलव शून्य नौ प्रतिशत, स्वास्थ्यमा ४१ दशमलव पाँच प्रतिशत, महिला, बालबालिका, ज्येष्ठ नागरिकमा ७४ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकामा कूल तीन सय ३९ योजनामध्ये जम्मा एक सय ५४ योजना सम्झौता भएको र सम्झौता भएकामध्ये २१ योजना मात्रै निर्माण सम्पन्न भएको विक बताउन्छन् । गाउँसभाले बजेट संशोधन विधेयकसहित विभिन्न १२ विधेयक र ऐन पारित गरेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending