ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौँमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घबीच २०७९ साउनमा भएको समझदारीअनुसार साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।
त्यस्तै महासङ्घमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्रमार्पmत उद्यमीलाई निरन्तर आवश्यक सेवा प्रदान दिने विषय घोषणापत्रमा राखिएको छ । लघु, घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पैरवी गर्ने र स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गर्ने निर्णय पनि महाङ्घको यो सम्मेलनले गरेको छ ।
यस्ता उद्यमलाई वित्तीय सेवामा सहज पहुँच पु¥याउन पहल गर्ने, परियोजना कर्जा सहजरुपमा पाउनसक्ने गरी नीति बनाई कार्यान्वयनमा लैजाने, उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका गर्ने तथा बजारीकरणका लागि डिजिटल प्रविधिको प्रयोग गर्दै जाने घोषणा पनि सम्मेलनले गरेको छ ।
सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा साना एवं मझौला उद्यममा पर्नसक्ने प्रभाव न्यूनीकरणका लागि सरकारसँगको सहकार्यमा रणनीति तयार पार्ने र नवप्रवर्तनकारी ९स्टार्टअप० नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: