काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले बढी ब्याजदर मागेपछि सरकारले ट्रेजरी बिल्स विक्री गर्न अस्वीकार गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार ३६४ दिन अवधिको लागि ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । तर, बैंकहरूले यसअघि कायम भएको भन्दा अधिक ब्याजदर बोलकबोल गरेपछि विक्री गर्न सरकारले अस्वीकार गरेको हो ।
यसअघि गत पुस १९ गते जारी भएको ३६४ दिने ट्रेजरी बिल्समा ११ दशमलव ९३ प्रतिशत ब्याजदर कायम भएको थियो । सोमवार जारी गर्न लागेको ट्रेजरीमा त्यसभन्दा बढी ब्याजदरको बोलकबोल भएपछि विक्री नगरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
‘सरकारले कम ब्याजदरमा ऋण उठाउन चाहेको थियो,’ उनले भने, ‘बैंकहरूले पहिलेभन्दा दर बढाएपछि सरकारले विक्री नगरेको हो ।’
तर, सोमवार नै नवीकरणका लागि बोलकबोल गरिएको ९१ दिन अवधिको ट्रेजरी बिल्समा भने ब्याजदर घटेको छ ।
यही अवधिको अघिल्लो ट्रेजरी बिल्समा औसत १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएकोमा सोमवार घटेर ९ दशमलव ८१ प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून ब्याजदर हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: