मकवानपुर । वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो ।
मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले मंगलबार १५ दिनको समय सीमा सकिन अगाडि नै मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशमा अधिकतम ११ र न्यूनतम ९ वटा मन्त्रालय कायम गर्न सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझेसँगै मुख्यमन्त्रीले सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको संख्या हालको तुलनामा ३ वटा घटाउने र राज्यमन्त्री नियुक्त नगर्ने सहमति भइसकेको बताए ।
कार्यदल संयोजक निरौलाका अनुसार प्रदेश साविकको मन्त्रालयलाई एकापसमा समायोजन गरी ११ वटा कायम गर्ने सुझाव दिइएको छ । अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ, श्रम, रोजगार तथा यातायात, वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...
आषाढ़ १७ गते, २०८३ - १३:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...
आषाढ़ १७ गते, २०८३ - १३:१२
पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...
आषाढ़ १७ गते, २०८३ - १२:४९
काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...
आषाढ़ १७ गते, २०८३ - १२:३६
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...
आषाढ़ १७ गते, २०८३ - १२:२०
काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...



प्रतिकृया लेख्नुहोस्: