काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले पश्चिम नेपालबाट वर्षा र हिमपात सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिमदेखि म्याग्दीको घोडेपानीसम्मका विभिन्न स्थानमा वर्षा गराएको उक्त मौसमी प्रणालीले काठमाडौं उपत्यका र पूर्वी नेपालमा भने असर नगर्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार सोमबार रातिदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रणाली उत्तरपूर्वी दिशातिर गइरहेको छ।
काठमाडौंमा पानी पर्न भने अर्को पश्चिमी वायुको प्रणाली आउनुपर्ने उनले बताए।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
चार वटा प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहने र तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: