काठमाडौं । संसद् भवनअगाडिको सडकमा मंगलबार आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए ।
आचार्यलाई भेट्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए ।
अचार्यले राज्यमन्त्री कार्कीसँग भनेका थिए, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।’
राज्यमन्त्री कार्कीले उनलाई ढाडस दिइन्, ‘हामी छौँ तपाईं नआत्तिनुस्। म पनि डाक्टर हो। तपाईंलाई ठिक हुन्छ। म रवि सरलाई पनि भन्छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - ०९:४०
दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यू...
माघ २२ गते, २०७९ - ०९:३५
काठमाडौँ । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र स...
माघ २२ गते, २०७९ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसदको पहिलो अधिवशेनको सातौँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको ...
माघ २२ गते, २०७९ - ०८:४२
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको ...
माघ २२ गते, २०७९ - ०८:३५
काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग ग...
माघ २२ गते, २०७९ - ०८:२६
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ । सरकारमा बसिरहने कि बाहिरिने सम्बन्धमा निर्णय लिन पार्टी...
माघ २२ गते, २०७९ - ०८:१५
भारतमा विलय भएपछि अहिलेसम्म बने ६ जना मुख्यमन्त्री
माघ २२ गते, २०७९ - ०८:००
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो...
माघ २२ गते, २०७९ - ०७:४४
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बा...
माघ २२ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबादुर खड्काले बलात्कारको आरोपीलाई कुनै हालतमा उन्मुक्ति सह्य नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट...
प्रतिकृया लेख्नुहोस्: