Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

खानेपानी मन्त्रीद्वारा पदभार ग्रहण, खुलाए मन्त्रालय सम्हाल्नुका तीन कारण

खबरडबली संवाददाता

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । उनले सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ ।’ 

खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उनले सुनाए । मन्त्री खानले भने, ‘खानेपानीमा थुप्रै समस्या छन्, महत्वपूर्ण कामहरु छन्, त्यहाँका समस्याहरु समाधान गर्नुपर्ने देखिएका कारण मन्त्रालय आउनुस् मिलेर काम गरौं भनि सचिवले आग्रह गर्नुभयो, त्यसैले मन्त्रालय सम्हाल्न राजी भएँ ।’ उनले एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको जानकारी दिए ।  उनले यिनै तीन कारणले मन्त्रालय सम्हाल्न आएको समेत बताए । 

उनले भने, ‘राम्रो र इमान्दारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ–बायाँ गर्न पाइँदैन इमान्दारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उनले एक घर, एक धाराको व्यवस्था, १० हजार लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उ...

प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुक...

दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवानको हत्या, ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर स...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पू...

प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका ला...

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ । फाँसीम...

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

ललितपुर । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies