काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।
आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैकिङ समूह सात दशमलव ४६, वित्त समूह शून्य दशमलव २५ र अन्य समूह २३ दशमलव ९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा समूहको उपसूचक दुई सय ६६ दशमलव १६ र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८८ दशमलव २९ अङ्कले बढेको छ ।
त्यस्तै, विकास बैंक २८ दशमलव २४, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ०२, जलविद्युत् समूह ३६ दशमलव ५६, लगानी समूह शून्य दशमलव १६ र उत्पादन समूह ४० दशमलव ९५ अङ्कले बढेको छ । लघुवित्त समूहको उपसूचक ४७ दशमलव ९३, म्युचुअल फन्ड शून्य दशमलव १८ र व्यापार समूह १९ दशमलव १३ अङ्कले बढेको पनि नेप्सेले जनाएको छ ।
आज सानिमा जनरल इन्स््योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१, जानकी फाइनान्स कम्पनी लिमिटेड र पिपुल्प हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - १६:१२
झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागु...
चैत्र ११ गते, २०७९ - १५:५४
काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सह...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरूवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला ...
चैत्र ११ गते, २०७९ - १५:४०
बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा ...
चैत्र १० गते, २०७९ - १७:०४
काठमाडौँ । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई शुक्रबार नेपाल फर्काइएको छ । पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो ...
चैत्र १० गते, २०७९ - १६:५२
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँ...
चैत्र १० गते, २०७९ - १६:३३
काठमाडौं । गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्...
चैत्र १० गते, २०७९ - १६:२६
मकवानपुर । वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको...
चैत्र १० गते, २०७९ - १६:१५
काठमाडौ ।मन्त्रिपरिषद् बैठक भर्खरै सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी मह...
चैत्र १० गते, २०७९ - १६:०५
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रद...
प्रतिकृया लेख्नुहोस्: