गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए ।
“मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।”
उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ । “पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ”, स्थानीयवासी दोर्जेले भने, “केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन प¥यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।”
अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए । “यो वर्ष ढिलो गरि हिमपात भयो”, उनले भने, “हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।” हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए । “हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ”, दोर्जेले भने, “वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - १७:३३
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहर...
आश्विन ६ गते, २०८१ - १७:०१
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँ...
आश्विन ६ गते, २०८१ - १६:३७
काठमाडौँ । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थ...
आश्विन ६ गते, २०८१ - १६:२१
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर...
आश्विन ६ गते, २०८१ - १६:१३
काठमाडौँ । नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को ...
आश्विन ६ गते, २०८१ - १६:०४
काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २...
आश्विन ६ गते, २०८१ - १५:५८
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेको छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।...
आश्विन ६ गते, २०८१ - १३:४५
धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१...
आश्विन ६ गते, २०८१ - १३:३७
देउखुरी । मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब आफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता ...
आश्विन ६ गते, २०८१ - १३:२६
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिए...
प्रतिकृया लेख्नुहोस्: