काठमाडौं । नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ प्रयोग गरेर ‘ठीक गरे’ भन्दै राज्य नै बहसमा उत्रिन बाध्य भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद् सदस्य अयोग्यतासम्बन्धी रिट निवेदनमा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिरक्षा गरेका छन्। त्यो पनि यति कडा कि, न्यायाधीशहरूसँग सवाल–जवाफ नै भएको छ। उनले अनागरिकले समेत चुनाव लड्न पाउनेसम्म तर्क राखे।
लामिछानेको बचावट गर्न सहन्यायाधिवक्ता रेग्मी इजलासमा उभिनु आफैंमा स्वार्थ बाझिनु हो। रेग्मीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरिएकाले प्रतिरक्षा गर्नुपरेको बताए।
‘हामीले गरेको प्रतिरक्षा उहाँ (गृहमन्त्री लामिछाने)को तर्फबाट हुँदै होइन। उहाँका तर्फबाट बहस गर्ने निजी कानुन व्यवसायीहरू नै हुनुहुन्छ’, उनले भने।
तर, उनले सरकारको होइन, लामिछानेको ‘बचावट’मा गहकिला तर्क प्रस्तुत गरे। सरकारी निर्णय ठीक सावित गर्नुभन्दा लामिछानेको दोहोरो नागरिकता कानुनसम्मत भन्ने तर्क अघि सारे। सहन्यायाधिवक्ता रेग्मीले दुवै जना रिट निवेदकलाई रिट निवेदन दिने हकदैया नभएको दाबी गरे।
उनले भने, ‘अदालतले पनि यो सुरु कारबाहीका रूपमा हेर्ने मुद्दा हो। असाधारण क्षेत्राधिकारअन्तर्गत मुद्दा छिन्ने अधिकार क्षेत्र राख्दैन।’
इजलासमा बहसकै क्रममा रेग्मी र न्यायाधीशबीच सवालजवाफसमेत भएको थियो। न्यायाधीश अनिल सिन्हाले प्रश्न गरे, ‘निर्वाचनको परिणाम घोषणा हुनुपूर्व जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउने तर परिणाम आएपछि उम्मेदवारले मात्रै उजुरी दिन भन्ने हुन्छ र रु’ सहन्यायाधिवक्ता रेग्मीले हालसम्म सांसदहरूको अयोग्यतासम्बन्धी सबै मुद्दामा पराजित उम्मेदवारहरू नै सर्वोच्च अदालत आएको जवाफ दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: