काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएको छन् ।
नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताए ।
उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
प्रेस काउन्सिल नेपालले गर्नुपर्ने कामका बारेमा उल्लेख गर्दै उनले भने, “प्रेस काउन्सिल नेपाललाई एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन बनायौँ, प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान्, हामीले यस्तो सफ्टवेयर डेभलप गर्नुपर्छ, अनधिकृतरूपमा प्रकाशित, प्रसारित हुने विषय स्वतः आउने व्यवस्था गर्नुपर्छ ।”
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले पनि निर्वाचनको अनुगमन गर्ने मौका पाएको र काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको अनुगमन गर्दा पहिलाको तुलनामा धेरै शान्तिपूर्वक निर्वाचन हुने गरेको बताए।
“पहिला–पहिला निर्वाचनमा धेरै खालको समस्या देखिन्थ्यो, झडप हुने, झमेला हुन्थ्यो”, उनले भने, “अहिले देशभर केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो, त्यो सकारात्मक विषय हो ।”
प्रेस काउन्सिल नेपाललका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई मिथ्या, भ्रामक सूचना नियन्त्रण गर्नका लागि संयन्त्र नै बनाएर काम गरेको र त्यसले सकरात्मक नतिजा दिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - २०:५१
काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचन बारा–२ मा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकम...
चैत्र ११ गते, २०७९ - २०:४३
तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ ...
चैत्र ११ गते, २०७९ - २०:२६
काठमाडौँ । सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको ब...
चैत्र ११ गते, २०७९ - २०:१२
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । ...
चैत्र ११ गते, २०७९ - १९:२९
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई ...
चैत्र ११ गते, २०७९ - १९:१८
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्र...
चैत्र ११ गते, २०७९ - १८:५७
बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको ...
चैत्र ११ गते, २०७९ - १८:२८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने भएका छन् ...
चैत्र ११ गते, २०७९ - १८:००
काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्। शनिबार क...
चैत्र ११ गते, २०७९ - १७:४४
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिब...
प्रतिकृया लेख्नुहोस्: