काठमाडौ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।
बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी दिएको प्रहरीले जनाएको छ।
इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।
आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी आईपुगेको परिसरका एसपी दिनेश मैनालीले बताए ।
प्रतिकृया लेख्नुहोस्: