Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

जासुसी गरेको अभियोगमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय

खबरडबली संवाददाता

काठमाडौं । बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ । 

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविनपछि सजाय सुनाइएको हो । 

अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो । यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले लगाएका छन् । 

सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो जसमा उहाँले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनीसम्बन्धी जानकारी उपलब्ध गराउनुभएको थियो । ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए । 

करिब ३१ वर्षीय जीलाई सिकागोमा दुई सातालामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झूटो बयान दिएको अभियोगमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो ।

अमेरिकी अभियोजनकर्ताहरूले जासुसीसम्बन्धी मामिलाहरूमा अक्सर यो आरोप प्रयोग गर्छन् जहाँ अभियुक्त स्पष्ट रूपमा विदेशी गुप्तचर एजेन्ट होइन ।

न्याय विभागका अनुसार जीले जियाङ्सु एकाइका डेपुटी डिभिजन डाइरेक्टर जू याञ्जुनको निर्देशनमा काम गरेको आरोप लगाइएको छ । 

विश्वको अग्रणी विमान इन्जिन निर्माता मध्येको एक ओहायोस्थित जीई एभिएसन र अमेरिकी सैन्य आपूर्तिकर्तालगायत अन्य उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्य कुराहरू चोर्ने चिनियाँ प्रयाससँग जीको मुद्दा जोडिएको दावी गरिएको छ । 

त्यो प्रयासमा जू एक प्रमुख व्यक्ति हुनुहुन्थ्यो । सन् २०१८ मा बेल्जियममा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अमेरिका सुपुर्दगी गरिएको थियो । उहाँलाई सन् २०२१ को नोभेम्बरमा आर्थिक जासुसी गरेको र व्यापारिक गोपनीयता चोरीको प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । 

नोभेम्बर २०२२ मा जूलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending