Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

खबरडबली संवाददाता
भोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । 
 
विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
 
यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे,  तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ । 
 
टेम्केमैयुङ–५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताए । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु”, कृषक राईले भने, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन् ।”
 
राईले ४४ वर्षअघिदेखि सुन्तला व्यवसायमा लागेको बताए। सुन्तला खेती किसानहरुको पेन्सनका रुपमा लिन सकिने उनको भनाइ छ । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तला खेती बुढेसकालको सहारा बनेको छ”, उहाँले भन्नुभयो, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्य रुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन ।”
 
व्यावसायिक सुन्तला खेतीमा लाग्नुभएका उहाँ विभिन्न समयमा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत बन्नुभएको छ । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेका छन् । आफैँले बिक्री गर्न बजारसम्म लैजान सके राम्रो मूल्य लिन सकिने उहाँको भनाइ छ । यहाँको सुन्तलाको मुख्य बजार धरान, इटहरी, विराटनगर र काठमाडाँै रहेको राईले बताउनुभयो । “यहाँको सुन्तलाको बजारमा राम्रो माग छ”, उहाँले भन्नुभयो, “मुख्य रुपमा धरान, इटहरी, विराटनगर र काठमाडाँै जान्छ, उत्पादन भएको सुन्तला बिक्री गर्न कुनै समस्या छैन ।”
 
यो क्षेत्रका अधिकांश किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेको स्थानीय किसान देवराज राईले बताउनुभयो । खावा केराबारीका किसानले मुख्य आम्दानीको स्रोतका रुपमा सुन्तलालाई बनाएको उहाँको भनाइ छ । यहाँको सुन्तलाको बजारमा राम्रो माग रहेको किसान राईले जानकारी दिनुभयो । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले केराबारीको सुन्तलाको बजारमा छुट्टै स्थान रहेको उहाँले बताउनुभयो ।
 
“यहाँका ७० बढी घरपरिवारको मुख्य आम्दानीको स्रोत सुन्तला हो”, उहाँले भन्नुभयो, “सुन्तलाबाट राम्रो आम्दानी गरिरहेका छौँ, यो समयमा यहाँका कृषक सुन्तला बिक्रीमा व्यस्त रहेका छन् ।” सुन्तलाबाट राम्रो आम्दानी हुने भए पनि थप खेती विस्तारमा लागेको किसान राईको भनाइ छ । आफ्नो बारीमा चार सय बोट सुन्तलाका बिरुवा लगाएको उहाँले बताउनुभयो । “अहिले पुरानो बगानबाट वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुन्छ”, किसान राईले भन्नुभयो, “केही वर्षपछिबाट रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य छ ।”
 
सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तला खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउन सके थप सहजता हुने किसानको भनाइ छ । 
 
उत्पादन भएको सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न आवश्यक रहेको उहाँको भनाइ छ । “किसानलाई उत्पादन भएको सुन्तला भण्डारणमा समस्या छ”, उहाँले भन्नुभयो, “भण्डारणको व्यवस्था राम्रो नहुँदा एकै पटक बजारमा पठाउनुपर्ने भएकाले किसानले सोचे जस्तो लाभ लिन नसकेको अवस्था छ ।”
 
यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने वडा नं ५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो । “हाम्रो खावा केराबारी क्षेत्र सुन्तलाको अत्यन्तै राम्रो भूगोल हो”, उहाँले भन्नुभयो, “केही प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यहाँको सिँचाइको समस्यालाई ध्यानमा राखेर काम गर्ने योजनामा छौँ ।”
 
सुन्तलाका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ । सुन्तला विशेष गरेर समुन्द्री सतहबाट एक हजारदेखि एक हजार दुई सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ । 
 
टेम्केमैयुङ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यहाँका नगदेबालीसँगै कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँको भनाइ छ ।
 
“गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो योजना नै छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँका हाम्रो सबै नौवटै वडामा सुन्तला फल्छ, सुन्तलाबाट राम्रै आम्दानी गरिरहेको अवस्था पनि छ, यसलाई थप प्रोत्साहन गर्न विभिन्न खेतीमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ  ।”
 
भोजपुरमा यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादन भएको सुन्तला प्रतिकिलो एक सयदेखि एक सय २० मा बिक्री हँुदै आएको किसानको भनाइ छ । जिल्लाभर नौै सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending