अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ ।
एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् ।
कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको लागि शौचालय, ट्रस्ट तथा एक मन्दिर बनाइएको छ ।
प्राकृतिकरुपमा बनेको ढुङ्गाको बगैँचाको प्रचार र विकासमा ध्यान दिनसकेमा सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । अहिले पनि जिल्लाभित्रका मानिस दैनिकरुपमा त्यहाँ घुम्न पुग्छन् ।
लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हँुदै अर्घा भगवती मन्दिर र यो गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ ।
चहलपहल बढाउन योजनाका साथ आफूहरुले काम गरिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । यहाँबाट सन्धिखर्क, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदे गाउँपालिका मात्र हैन पाल्पा र प्युठानका केही भाग हेर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: