अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ ।
एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् ।
कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको लागि शौचालय, ट्रस्ट तथा एक मन्दिर बनाइएको छ ।
प्राकृतिकरुपमा बनेको ढुङ्गाको बगैँचाको प्रचार र विकासमा ध्यान दिनसकेमा सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो । अहिले पनि जिल्लाभित्रका मानिस दैनिकरुपमा त्यहाँ घुम्न पुग्छन् ।
लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हँुदै अर्घा भगवती मन्दिर र यो गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने छ ।
चहलपहल बढाउन योजनाका साथ आफूहरुले काम गरिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । यहाँबाट सन्धिखर्क, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी र छत्रदे गाउँपालिका मात्र हैन पाल्पा र प्युठानका केही भाग हेर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: