काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रालयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गरे। राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उनको भनाइ छ ।
पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले लुम्बिनी भरिएको गुनासो रहेको पनि पर्यटनमन्त्रीले बताए । “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो । मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उनले भने ।
पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राखे। प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उहाँले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे ।
मन्त्री किरातीले भने, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ । कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ । कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: