काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रालयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गरे। राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उनको भनाइ छ ।
पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले लुम्बिनी भरिएको गुनासो रहेको पनि पर्यटनमन्त्रीले बताए । “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो । मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उनले भने ।
पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राखे। प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उहाँले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे ।
मन्त्री किरातीले भने, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ । कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ । कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८१ - १६:४७
सिरहा। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ ...
जेष्ठ ३ गते, २०८१ - १६:४१
रुपन्देही । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्...
जेष्ठ ३ गते, २०८१ - १६:२२
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको...
जेष्ठ ३ गते, २०८१ - १६:०७
काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्...
जेष्ठ ३ गते, २०८१ - १५:५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताएका छन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकम...
जेष्ठ ३ गते, २०८१ - १५:३१
काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अन...
जेष्ठ ३ गते, २०८१ - १५:२२
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन...
जेष्ठ ३ गते, २०८१ - १५:०४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम ...
जेष्ठ ३ गते, २०८१ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ गते ...
जेष्ठ ३ गते, २०८१ - १४:३२
चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ...
प्रतिकृया लेख्नुहोस्: