Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

भयावह बन्दै सवारी दुर्घटना

खबरडबली संवाददाता

बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् ।

केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुन्दरहरैचा–१२ को भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६८२५ नंको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको थियो । 

बालिका अननिया चौधरीले जस्तै धेरैले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षको छ महिनामा मात्र प्रदेशभर दुई सय पाँचजनाको सवारी दुर्घटनाकै कारण मृत्यु भइसकेको छ । जसमा एक हजार सात सय ७४ दुर्घटना भएकामा चार सय १७ जना गम्भीर घाइते अवस्थामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

गत आव र यस आवको साउन महिनादेखि पुस मसान्तसम्मको अर्धवार्षिक सवारी दुर्घटना विश्लेषण गर्दा चालु आवमा सात दशमलव २६ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको र २० दशमलव २३ प्रतिशतले मृत्युदरमा कमी आएको कार्यालयले जनाएको छ । गत आवको साउनदेखि पुस मसान्तसम्ममा एक हजार नौ सय १३ सवारी दुर्घटना हुँदा दुई सय ५७ जनाको मृत्यु भएको थियो । 

निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले पनि दुर्घटनामा केही कमी आएको हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गत आव र यस आवकोे साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक जनचेतना कार्यक्रम सञ्चालनतर्फ ४३ दशमलव ४३ प्रतिशतले वृद्धि भएको र लाभान्वित सङ्ख्यातर्फ २३ दशमलव सात प्रतिशतले वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष राजु श्रेष्ठले बताए। उनका अनुसार तराईका सडकमा बढ्दो सिटी सफारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ । तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने गरेको मोरङ पथरी शनिश्चरेका प्रेम गुरुङ बताउन्छन् । आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनी बताउन्छ ।
 
विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाइ बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक । कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन् । राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ । 

विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending