Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

खबरडबली संवाददाता

काठमाडौ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालको नेतृत्वमा आज राष्ट्रिय सूचना आयोगमा पुगी प्रमुख आयुक्त र आयुक्तहरूको ध्यानाकर्षण गराइएको हो । गत पुस १२ गते मुख्यसचिव नेतृत्वको सूचनाको वर्गीकरणसम्बन्धी समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ लाई निष्क्रिय पार्ने गरी ८७ प्रकारका विषय गोप्य रहने निर्णय गरेको थियो । 

मुख्यसचिव नेतृत्वको समितिले पाँच खण्डमा ८७ प्रकारका नीतिगत विषयहरू नागरिकको सार्वजनिक पहुँचमा नहुने गरी गोप्य राख्ने उल्लेख गरिएको अभियानकर्मीले आयोगमा जानकारी गराएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं सूचनाको हकको क्षेत्रमा कार्यरत फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले यस विषयमा आज आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको बताए।

प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वको जानकारीविना सूचनाको वर्गीकरण गरिएको जानकारी गराउनुभएको पनि उनले सुनाए । यस सम्बन्धमा अभियानकर्मीसँग छलफल गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएको छन्।

सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले यससम्बन्धी विस्तृत जानकारी आएपछि आयोगले आवश्यक निर्णय लिने जानकारी गराएको थिए । सरकारले यसअघि डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि सरोकार भएकासँग सल्लाह नगरी गरेको सूचनाको वर्गीकरण सर्वोच्च अदालतको आदेशमा खारेज भएको थियो । 

महासङ्घका अध्यक्ष उमिद वागचन्द सूचना वर्गीकरणको प्रक्रियाका बारेमा अध्ययन गरिरहेकाले यससम्बन्धी विस्तृत विवरण आएपछि आवश्यक निर्णय गरी संविधान एवं कानून प्रदत्त नागरिकको सूचनाको हक संरक्षणका लागि लाग्ने प्रतिबद्धता जनाउन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending