NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, पहाडी र हिमाली भेगमा हिमपात

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले हाल मंगलबार देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस क्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यस्तै आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाको बुलेटिनअनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खगराज नेतृत्वको गण्डकी सरकार संकटमा, समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ। बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर...

विश्व क्षयरोग दिवस- नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो  हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।  ...

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

काठमाडौं । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । ...

पूर्वराजासँग राप्रपा नेताहरूले कोट्याए ‘भद्र सहमति’को प्रसङ्ग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्न बुधवार झापा पुगे। विगत केही महिनादेखि दमक बस्दै आएका प...

ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु

काठमाडौँ । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु भएको छ ।एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।  रोजा बस्न म...

विक्षिप्त हुुँदै सुन्तलीको अनुनय- अब सुन्ने शक्ति छैन, सफाइ वा सजाय छिटो देऊ

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ पत्नी कुन्जना घिमिरे ‘सुन्तली’ले चितवन क्रिकेट रंगशालाको विषयलाई लिएर सुन्नै नसकिने शब्दका गालीका कारण आफू मानसिकर...

विज्ञापनबारे आलोचना भएपछि करिश्माको प्रष्टीकरण- झुक्काउने मनसाय छैन

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ ।  सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभ...

रोनाल्डोले बनाए विश्व कीर्तिमानी

काठमाडौं । युरोपेली च्याम्पियनसिप छनोटमा बिहीबार पोर्चुगलले लेचेस्टाइनलाई ४–० ले हराएको छ । त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् ।  यसै...

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, हिँड्डुल गर्न थाले

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धन...

स्थानीय तहले फर्काएका ३० उपसचिव ‘घर न घाटका’

काठमाडौं । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page