काठमाडौ । विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ को प्रारम्भिक छलफल भएको थियो ।
समितिका सभापति डा बेदुराम भुसालले विधेयकबारे थप छलफल अघि बढाउन पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीलाई पछिल्लो प्रगति विवरणसँगै पाठ्यक्रमको प्रारुप र सञ्चालनको आर्थिक आधारबारे प्रष्ट जानकारी उपलब्ध गराउन निर्देशन दिए।
बैठकमा पूर्वशिक्षामन्त्री माधव पौडेलले हाल सञ्चालनमा रहेका विश्वविद्यालयभन्दा फरक नभए विधेयक फिर्ता लिन सुझाव दिए। उनले भने, “अहिले सञ्चालनमा रहेका विश्वविद्यालय लथालिङ्ग अवस्थामा छन् । अहिलेकै जस्तो विश्वविद्यालय खडा गरेर जाने हो भने यो काम अघि बढ्नु हुँदैन । सरकारले विधेयक फिर्ता लिनुपर्छ” ।
डा कार्कीले नेपालको उच्च शिक्षा नीतिको लक्ष्य हासिल गर्न नेपाल विश्वविद्यालयको स्थापना र सञ्चालनले योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, “सरकारको लक्ष्यअनुसार सन् २०३० सम्म विश्वविद्यालयमा २५ प्रतिशत विद्यार्थीको पहुँच पु¥याउन विश्वविद्यालयले योगदान दिनेछ । सङ्ख्यासँगै गुणस्तरीय शिक्षा उपलब्ध गराउन यस विश्वविद्यालयको विशेष भूमिका हुनेछ ।”
बैठकमा डा सूर्यराज अर्यालले सञ्चालनमा रहेका विश्वविद्यालयमा शिक्षण पद्धतिमा सुधार नआएका कारण नयाँ विश्वविद्यालय आवश्यक रहेको बताए। “भएका विश्वविद्यालयको संरचनामा समस्या छ । यी विश्वविद्यालयले काम गर्न सकेका छैनन् । त्यही कारण नयाँ विश्व विद्यालय आवश्यकता भएको हो”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: