स्याङ्जा । स्याङ्जाको बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।गल्याङ नगरपालिका–११ बज्रेस्थित उक्त विद्यालयले अध्ययनसँगै श्रम र सीप विस्तार गर्नेगरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्र्तगत कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रियतामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको छ ।
‘एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम’अन्तर्गत ६७ विद्यार्थी प्रयोगात्मक सिकाइका लागि तरकारी बारीमा खटिने गरेका कक्षा १० मा अध्ययनरत अङ्कित नेपालीले बताए। विद्यालयमा पढाई हुने विषयमा सैद्धान्तिक ज्ञान लिने गरिन्छ तर कृषि विषय यस विद्यालयमा नभए पनि प्रयोगात्मक ज्ञान लिने अवसर मिलेकामा निकै खुसी भएको उनले बताए ।
“साथीहरुसँग समूहमा रहेर प्रयोगात्मकरूपमा तरकारी उत्पादन गर्दा नभुलिने गरी शिक्षा प्राप्त भएको छ”, अङ्कितले भने, “विद्यालयका गुरु तथा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा हामी आफै काम गर्छौं, उत्पादन गर्छौं र त्यसको बजारीकरण पनि गर्छौं ।”
यहाँ उत्पादन भएको विभिन्न तरकारीका बेर्ना र उत्पादित तरकारी बिक्री गरेर आम्दानी भएको रकम विद्यार्थीकै कोषमा आउने गरेकाले काम गर्न थप ऊर्जा र उत्साह मिलेको उनको भनाइ थियो ।
उक्त कार्यक्रम सञ्चालनका लागि गत वर्ष नेपाल सरकारबाट प्राप्त हुने अनुदानका लागि विद्यालयले प्रस्ताव पेस गरेकामा छनोटमा परेपछि गत साउनदेखि यो कार्यक्रम सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैरेले बताए ।
उक्त कार्यक्रमका लागि रु १० लाख बजेट प्राप्त भएको थियो । विद्यालय नजिकै जग्गा भाडामा लिएर सात वटा प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न जातका तरकारी उत्पादन हुँदै आएको छ ।“विद्यार्थीको सामूहिक सक्रियतामा सञ्चालनमा रहेको यो कार्यक्रम उदाहरणीय बन्न पुगेको छ”, उनले भने, “विद्यार्थी उत्साहित भएर बेर्ना राख्ने, उमार्ने, लगाउने र बजारीकरणसम्मका काम गर्छन् ।”
उत्पादित बेर्ना तथा तरकारी बजारसम्म पु¥याउन विद्यालयले स्थानीय तरकारी व्यापारीसँग समन्वय गरिदिएकाले पनि सहज भएको छ । उत्पादित तरकारीको मूल्य विद्यालयले निर्धारण गर्ने र बिक्री भई आएको मूल्य ती विद्यार्थीको कोषमा जम्मा गरिन्छ ।“बेर्ना तथा तरकारी बिक्रीबाट आएको रकमलाई आम्दानी बाँधेर विद्यार्थीको कोषमा जम्मा गरिदिन्छौँ”, प्रधानाध्यापक गैरेले भने, “कोषमा जम्मा भएको रकम विद्यार्थीको हाजिरीका आधारमा भुक्तानी गर्दै आएका छौँ ।”
विद्यालयमा हुने नियमित अध्ययनसँगै अतिरिक्त समय बारीमा गई कृषिसम्बन्धी प्रयोगात्मक ज्ञान लिने र उत्पादित तरकारी बिक्रीबाट आम्दानीसमेत लिँदै आइएकाले पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको जिकिर थियो । विद्यार्थीले काँक्रा, घिरौँला, चिचिण्डो, फर्सी, करेला, लौका, बोडी, सिमी, साग, काउली, बन्दा, मूला, गाजरलगायत तरकारीका बेर्ना तथा तरकारी नै बिक्री गरी आम्दानी लिँदै आएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १७:५१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...
जेष्ठ १७ गते, २०८३ - १७:३९
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...
जेष्ठ १७ गते, २०८३ - १७:१०
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...



प्रतिकृया लेख्नुहोस्: